Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सहकारी शिक्षा सम्वन्धि दुई दिने प्रशिक्षणात्मक तालिम धनकुटामा शुरु

संघीय निजामति ऐन चाँडो भन्दा चाँडो ल्याउन सरकारलाई माग

  •   २ वर्ष अघि | ५ बैशाख २०८२, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/मर्यादित सहकारी, समुन्नत समाज भन्ने मुल नाराको साथ धनकुटामा २ दिने राष्ट्रसेवक सहकारी र संगठनका पदधिकारीहरुको लागि सहकारी शिक्षा सम्वन्धि प्रशिक्षणात्मक तालिम शुक्रवार देखी  शुरु भएको छ ।नेपाल निजामति कर्मचारी संगठनको स्थापना दिवशको अवसर पारेर राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाले तालिमको आयोजना गरेको हो । सहकारी शिक्षा सम्वन्धी २ दिने प्रशिक्षणात्मक तालिममा ४० जना भन्दा वढी धनकुटाका विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले भाग लिइरहेका छन् । तालिमको प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले समुद्धघाटन गरे । तालिम समुद्धघाटन समारोहलाई सम्वोधन गर्दै प्रजिअ पोख्रेलले भने–‘देशमा शिक्षकहरुले त आन्दोलन गरिनै राखेका छन्, निजामति कर्मचारी संगठनहरुले पनि आन्दोलन नै गर्ने भन्दै हुनुहुन्छ, अब यसो नगर्न निर्देशन दिन्छु ।’ उनले हामी संघीय निजामति ऐन आएन भनि रहेका छौं, आखिरी रोक्यो चाँही कस्ले भन्दै प्रति प्रश्न गरे । अन्त्यमा प्रजिअ पोख्रेलले भने–‘तिन तहको सरकार, तिन खालको कानुन् भएर पनि कर्मचारीलाई समश्या भएको हो ।’ आन्दोलनको कार्यक्रम भन्दा पनि लविङ्ग गर्नुहोस समश्याको समाधन विस्तारै हुँदै जान्छ–उनले थपे । त्यसैगरी नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेदीले नेपाल सरकारले संघीय निजामति ऐन चाँडो भन्दा चाँडो ल्याएर कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । उनले ट्रेड यूनियनहरु भनेको सरकारको विरोधको लागि मात्र नभएर जनताको सेवाको लागि पनि त्यतिकै तत्पर रहेको स्पष्ट पारेका छन् ।  दुई दिनसम्म संचालन हुने तालिममा राष्ट्रसेवक साकोस धनकुटाका अध्यक्ष ललितकुमार विकले सहकारी ऐन, नियम तथा संस्थाको विनियम, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेृदीले संगठन र सहकारी बीचको अन्तरसम्वन्ध र सहकारी अभियान्ता मिनकुमार थापाले सहकारी शिक्षा सम्वन्धि सहजिकरण गर्नेछन् । राष्ट्रसेवक साकोस धनकुटाका अध्यक्ष ललितकुमार विकेको अध्यक्षतामा सम्पन्न तालिम उद्धघाटन समारोहमा केन्द्रिय सदस्य रामकृष्ण सुवेदी, पुर्व केन्द्रिय सचिवालय सदस्य गोविन्द खत्री, जिल्ला अध्यक्ष सुरेन्द्र खत्री, पुर्व अध्यक्ष कमलकुमार लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा राष्ट्रिय अनुशन्धान धनकुटाका प्रमुख रुद्र गुर्वाछन मगर र सशस्त्र प्रहरी बल धनकुटाका इनेस्पेक्टर जितेन्द्र वस्नेतको पनि उपस्थिति रहेको थियो ।  कार्यक्रमको संचालन सचिव इन्द्र वहादुर पौडेलले गरेका थिए ।  

  • dhankutapress

थप