Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

चौथो औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सम्पन्न

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा बैशाख २३ गते देखि संचालन भएको चौथो औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सम्पन्न भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा भएको महोत्सव सोमबार सम्पन्न भएको हो । महोत्सवमा धनकुटा सहित कोशी प्रदेशका साना तथा घरेलु उद्योगमा उत्पादन भएका वस्तुहरुको प्रदर्शनी तथा विक्रि वितरणका गरिएको थियो । साथै महोत्सवमा स्थानीय खानाका परिकारहरू, कृषि उत्पादन, र पर्यटनसँग सम्बन्धित फोटो प्रदर्शनी समेत गरिएको थियो ।महोत्सवको समापन गर्दै पूर्वमन्त्री तथा संघिय संसद राजेन्द्र कुमार राईले धनकुटाको आर्थिक चलयमान गर्न महोत्सवले सहयोग गरेको बताए ।

त्यस्तै नेपाल घरेलु उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले महोत्सवले धनकुटा घरेलु उद्योगमा उत्पादित वस्तुको बजारीकरण सहित कोशी प्रदेशको पर्यटन वर्षलाई सफल बनाउँन सहयोग गरेको बताए । सो अवसमरमा धनकुटामा रहेका विभिन्न जातजातिहरको मौलिक साँस्कृतिक झाँकी समेत प्रश्तुत् गरिएको थियो । त्यसको अतिरिक्त धनकुटा नगरमा रहेका निजि तथा सरकारी विद्यालयहरुका छात्रछात्राहरुले पनि साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए । 

  • dhankutapress

थप