धनकुटा प्रेस सम्वाददाता
ओक्मालुङ्ग, धनकुटा/धनकुटा नगरपालिका वडा नं.१ ओक्मालुङ्गमा रहेको साततले लुङ्गधाङ्ग गुफा तथा भर्नामा नयाँ वर्षको अवसरमा तिन दिने मेला मंगलवार देखि आयोजना गरिएको छ ।
आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको तिन दिने धार्मिक मेलाले ग्रामिण भेगमा आर्थिक कृयाकलाप वढ्ने आशा गरिएको छ । हरेक वर्ष नयाँ वर्षको अवसर पारेर तिनसम्म आयोजना हुने मेलाले स्थानिय समुदायमा पनि आर्थिक विकासमा टेवा पुग्ने गुफा संरक्षण समितिका अध्यक्ष शुक्रराज राईले बताए । उनले लुङ्गधाङ्ग गुफा तथा झर्नामा भक्तजनहरुले मनमा चिताएको मनोआकांक्षा पुगोस भनेर फलफुल र अक्षेतापातीले मात्र पुजाआजा गर्ने गरेको बताए । साततले लुङ्गधाङ्ग गुफामा परापुर्वकाल देखि फुल अक्षेता, अबिर र धुपले मात्र पुजा गर्ने गरेको र बली नदिने प्रचलन रहेको अध्यक्ष राईले बताए ।
लुङ्गधाङ्ग गुम्फा तथा झर्नाको भैतिक विकासको लागि स्थानिय सरकार धनकुटा नगरपालिका, प्रदेस सरकार र संघीय सरकारको १ करोड भन्दा बढी लगानी भैसकेको गुफा तथा झर्ना व्यवस्थापन समितिका सचिव इन्द्र थापाले ब्लाष्टलाई जानकारी दिए । धनकुटा हिले लोकमार्ग देखि करिव ३ किलो मिरटर भित्र धनपा–१ ओक्मालुङ्गमा उक्त गुफा तथा झर्ना रहेको छ । हालसम्म गुफासम्म जाने २ वटा झोलुङ्गे पुल, सिढी निर्माण, गुफा भित्र फलामे फुल, बत्ति जडान, झर्ना नजिकै स्वमिङ्ग पुल, गुफा भन्दा केहि तल पार्क र शौचालय निर्माण भै सकेको छ ।
गुफामा दर्शन तथा झर्नाको भ्रमण गर्न हजारौंको संख्यामा आन्तरिक पर्यटक आउने गरेको लुङ्गधाङ्ग गुफा तथा झर्ना संरक्षण समितिका सल्लाहकार अर्जुन छाराहाङ्गले बताए । उनले गुफासम्म आउनको लागि धनकुटा–१ हिले पुच्छार र धनपा–४ स्याउले मोडबाट चारपाङग्रे, २ पाङग्रे सवारी साधनमा सहजै पुग्न सकिने बताए । मेला स्थलमा स्थायी रुपमा होटल, लज, चेमना गृहहरु नभएपनि मेला लाग्ने तिन दिनको अवधिमा अस्थायी रुपमा होटलहरु संचालन हुने गरेको छ । भरपर्दो पुर्वाधारको रुपमा सडक कालपत्रे गर्न सके जो कोहीलाई सहजै सवारी सधान मार्फत लुङ्गधाङ्ग गुफा तथा झर्ना पुग्न सकिने सल्लहाकार छाराहाङ्गले बताए ।
त्यसैगरी धनकुटाको चुलिबन, पाख्रीवासको भुल्के, हिलेको बक्रकुण्ड, सिधुवा, राजारानी, भेडेटार लगायतमा पनि नयाँ वर्षको अवसरमा मेला लागेको छ ।
- dhankutapress