Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सञ्चयकर्ता अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम सम्पन्न

  •   २ वर्ष अघि | १३ चैत्र २०८१, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/कर्मचारी सञ्चय कोष, सेवा केन्द्र धनकुटाले वुधवार धनकुटा नगरपालिका भित्रका ४० वटा विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको उपस्थितीमा सञ्चयकर्ता अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा कोषको वर्तमान अवस्था तथा सञ्चयकर्तालाई कोषले प्रदान गर्ने सेवा तथा सुविधाहरुको बारेमा कोषका सुचना अधिकृत देवानन्द बैजनाथले कार्यपत्र प्रस्तुत गरेका थिए । धनकुटा नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा धनकुटा नगरपालिकाको कार्यपालिका वैठक कार्यकक्षमा सम्पन्न भएको थियो । त्यस्तै कोषले व्यबस्थान गर्दै आएको योगदानमा आधारित पेन्सन योजनामा शिक्षक सेवा समेत समावेश गराएको सन्दर्भमा शिक्षकहरुले राखेका थिए भने सहभागीको जिज्ञाशा सेवा केन्द्र धनकुटाका कार्यलय प्रमुख दीपक मणि रिसालले राखेका थिए ।सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बधित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत नेपाल सरकारले योगदानमा आधारित पेन्सनमा छुटेको शिक्षक सेवालाई योगदानमा आधारित पेन्सनमा आबद्व गरेको थियो । यसै सन्दर्भमा कोषले २०८२  बैशाख १ देखि नियुक्त हुने शिक्षकहरुको योगदानमा आधारित पेन्सन प्रविष्टी एवमं प्राबधानहरुको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

कोषको तर्फबाट कार्यलय प्रमुख दीपक मणि रिसाल, सुचना अधिकारी देवानन्द बैजनाथ एवम् सहायक प्रवन्धक समीर वराईलको उपस्थितिमा सम्पन्न भएको थियो । धनकुटा नगरपालिकामा कार्यरत कर्मचारीहरुको निवृतीभरण तथा उपदान कोष सञ्चालन तथा व्यबस्थापनको बारेमा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, लेखा प्रमुख सम्वद्ध कर्मचारीहरुसंग छलफल समेत भएको थियो । अन्तरक्रिया कार्यक्रममा धनकुटा नगर क्षेञका ३९ वटा सरकारी विद्यालय र १ गुरुकुल विद्यालय गरी ४० विद्यालयका प्रधानाध्यापकहरुले भाग लिएका थिए । 

  • dhankutapress

थप