धनकुटा प्रेस सम्वाददाता
धनकुटा/कर्मचारी सञ्चय कोष सेवा केन्द्र धनकुटाले प्रदान गर्ने सेवा सुविधा तथा योगदानमा आधारित निवृतभरण तथा अन्य योजनाको विषयमा सरोकरावालाहरुसंग शुक्रवार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखे्रलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लाका संघिय कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश कार्यालयका कार्यालय प्रमुखहरु, धनकुटा स्थित स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । त्यसैगरी धनकुटा जिल्ला स्थित बैंक तथा वित्तीय संघ–संस्थाका कार्यालय प्रमुखहरु तथा अन्य विभिन्न सरोकारवाला निकायका प्रमुख एजं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा कर्मचारी संचय कोषका सहायक प्रबन्धक मोहन काफ्लेले कोषले प्रदान गर्ने वित्तीय सुविधा तथा सामाजिक सुरक्षाहरुको बारेमा प्रकाश पारेका थिए । नेपाल सरकारले अबलम्वन गरेको योगदानमा आधारित पेन्सनको नीति र त्यस्को कार्यान्वयनमा सञ्चय कोषले तयार पारेको रणनैतिक कार्यक्रमको बारेमा समेत जानकारी दिइएको थियो ।
उक्त कार्यक्रममा कोषका सुचना अधिकारी तथा सहायक प्रबन्धक समीर बराईलीले कोषले निवृतभरण व्यवस्थापन र आगामी योजनाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया तथा छलफलको क्रममा उठेका प्रश्न तथा समस्याहरुको प्रतिउत्तर कर्मचारी सञ्चय कोष धनकुटाका सेवा केन्द्रका प्रमुख दीपकमणि रिसालले राखेका थिए । सो अवसरमा कार्यक्रमको अध्यक्षता गरिरहेका धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
- dhankutapress