धनकुटा प्रेस अनलाईन खवर समवाददाता
धनकुटा/‘सहकारी सुशासनःप्रविधि र एकिकरण’ भन्ने मूल नाराको साथ राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको २५ औं बार्षिक साधरणसभा एवं रजत बर्षको अवसरमा विविध कार्यक्रम सनिवार भव्य रुपमा सम्पन्न भएको छ ।
२५ औं बार्षिक साधरणसभा एवं रजत बर्षको नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एवं सहकारी विभाग प्रमुख रेवन्त गौतमले समुद्धघाटन गरेका थिए । सम्वोधनको क्रममा कार्यक्रमका प्रमुख आतिथि समेत रहेका गौतमले भने–‘सहकारी नेपालमा भ्रम र यथार्थको विच चपेटामा परेको छ ।’ उनले सहकारी विरद्ध चलेको नकरात्मक हल्ला ठूला ठुला साहुमहाजनहरुले चलाएको हल्ला मात्र भएको बताए । गौतमले भने–‘सहकारीलाई सुशासन, नियमन र सहि ढंगले व्यवस्थापन गर्न सहकारीहरु विच एक अर्कामा एकता गर्नुको विकल्प छैन ।’
सो अवसरमा उनले वि.सं.०५५ सालमा विराटनगरबाट शुरु भएको राष्ट्र सेवक वचत तथा ऋण सहकारी आज आएर देशभर सहकारीमा २ अर्ब २० करोड पुँजी जम्मा भएको बताए । उनले नेपालमा ६८ जिल्लामा संचालनमा रहेको राष्ट्र सेवक वचत तथा ऋण सहकारीमा २१ हजार, ६३ जना शेयर सदस्य आवद्ध रहेको बताएका छन् । आज भन्दा २५ वर्ष पहिले धनकुटामा २७ जना मिलेर खोलेको सहकारीमा करिव ६ करोडको हाराहारीमा कारोवार हुनु भनेको चानचुने कुरा नभएको गौतमको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले कर्मचारी भनेको विधि र प्रक्रियामा चल्ने भएकाले राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था आजसम्म वचेको औल्याए । पोख्रेलले भने–‘यो सहकारी समाजको लागि उदाहरण वन्न सकोस भन्दै सहकारीमा लगानी भएको पैसा सहि ढंगले सदुपयोग गर्न सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह गर्दछु ।’
२५ औं वार्षिक साधरणसभा तथा रजत वर्षको अवसरमा सहकारीका अध्यक्ष ललित कुमार वि.के. ले संस्थाको बार्षिक प्रगती प्रतिवेदन प्रश्तुत् गरे । अध्यक्ष वि.के.ले आ.व.०८०/०८१ को अवधिभर ३ सय ८३ जना शेयर सदस्य मध्ये महिला १ सय १४ र पुरुष २ सय ६८ जना पुगेको जानकारी गराए । अघिल्लो बर्षको तुलना आ.व.०८०/०८१ मा २४ जना शेयर सदस्य थप भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी वित्तिय कारोवार अन्तर्गत संस्थाको शेयर पुँजी ६१ लाख, ५० हजार, ९ सय र संस्थाको नियमित वचत २ करोड, ९१ लाख, ७१ हजार, ४ सय १६ रुपयाँ पुगेको छ । अध्यक्षका अनुसार संस्थाको स्वेच्छिक वचत ८६ लाख, ७८ हजार, ३५ रुपयाँ र आवधिक वचत तर्फ ११ लाख, ५५ हजार कायम भई कुल वचत ३ करोड, ९० लाख, ४ हजार, ४ सय, ५१ रुपयाँ पुगेको छ ।
त्यसैगरी स्ंस्थाको ऋण लगानी ४ करोड, ११ लाख, ६६ हजार, ६ सय १० रुपयाँ पुगेको छ भने अशुली १ करोड, ३७ लाख, ७७ हजार, ९० रुपयाँ हुन पुगेको छ । संस्थाको कुल आम्दामी भने ६४ लाख, ४२ हजार, ८ सय, ३८ रुपयाँ भएको छ भने खर्च ६३ लाख, ३१ हजार, ५ सय, १२ रुपयाँ भएको अध्यक्ष वि.के.ले बार्षिक प्रगती प्रतिवेदनमा उल्लेख गरेका छन् । अध्यक्ष वि.के.ले चालु आ.व.मा नीतिगत तथा अन्य व्यवस्था सुधारका प्रस्तावहरु वित्तिय नीतिहरु, संस्थाले दिने व्याजदर, सदस्यता विस्तार, सामाजिक कल्याण सम्वन्धि नीतिहरु, संचालन उपभोग खर्च, सहकारी शिक्षा, अन्य अन्तर सम्वन्ध, सहकारीको चुनौती र सुधार गर्नु पर्ने पक्षहरुलाई सविस्तार व्याख्या गरेका छन् । उनले आ.व. ०८०/०८१ मा शेयर सदस्यहरुलाई १५ प्रतिसतका दरले शिक्षा, स्वास्थ्य खर्च वितरण गरिएको स्पष्ट पारेका छन् । सहकारीको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन राष्ट्रिय साकोस धनकुटाका संयोजक तेजप्रसाद अधिकारीले प्रश्तुत् गरेका थिए ।
२५ औं साधरणसभाको उद्धघाटन सत्रमा सहकारीको जेष्ठ सदस्यहरु वर्ष ७९ की उमा राई र वर्ष ७८ का डिल्लीकृष्ण आलेलाई दोसल्ला, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिएको छ । त्यसैगरी ०८० को एसइइ मा उत्कृष्ठ अंक ल्याएर उतिर्ण गर्ने एक जना छात्रा करिस्मा दाहाललाई उत्कृष्ठ छात्राको रुपमा सम्मान गरिएको छ । उनीलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । हरेक वर्ष सहकारी आफ्नो संस्थामा आवद्ध शेयर सदस्यका १ छोरा र १ छोरी जो एसइइमा उत्कृष्ठ अंक ल्याउँछन उनीहरुलाई नगद सहित सम्मान गर्ने गरेको छ । यो वर्ष छात्र तर्फ निवेदन नपरेको बताईएको छ ।
सहकारीले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई पनि नगद दोसल्ला, प्रमाणपत्र र १० कित्ता शेयरले सम्मान गरेको छ । जस अन्तर्गत उत्कृष्ठ शेयर सदस्य पुरस्कार पाउनेहरुमा नगेन्द्रमणि श्रेष्ठ, सृजना श्रेष्ठ रहेका छन् भने मासिक वचत तर्फ चित्र कुमार सुहाङ र तारा दाहाल रहेका छन् । त्यसैगरी ऐच्छिक वचत तर्फ मोहमद यूनुस राई, महिला तर्फ विना कुमारी कट्टेल पुरस्कृत भए । त्यसैगरी उत्कृष्ठ ऋणिको तर्फबाट सवै भन्दा वढी व्याज जम्मा गर्ने कमलकुमार लामिछानेलाई पुरस्कृत गरिएको छ ।
सो अवसरमा संस्थाको संस्थापक पुर्व अध्यक्षहरु एवं संस्थापक सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानति हुनेहरुमा मुकन्द प्रसाद पराजुली, कमल कुमार लामिछाने, अच्यूत प्रसाद गुरागाँई, प्रेम वहादुर वस्नेत, केशव राई लगायतका छन् । राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका अध्यक्ष ललित वि.के.का अध्यक्षतमा सम्पन्न २५ औं साधरणसभामा तथा रजत वर्ष विशेष समारोहको उद्धघाटन सत्रमा अतिथिहरु नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य एवम् धनकुटा इन्चार्ज गोविन्द खत्री, पेशागत महासंघका प्रदेश अध्यक्ष अशेष लम्साल, जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्टार राजकुमार दाहाल, नेपाल निजामचि कर्मचारी संगठन धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय समितिले दशै तिहारको अवसर संचालन गरेको चिट्टा प्रतियोगिताको विजेता उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्टार राजकुमार दाहाललाई तेश्रो पुरस्कार ६५ हजार र जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत अन्जना मगरलाई १२ हजार नगद पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाले आफ्नो संस्थाको रजत वर्षको पुनित उपलक्ष्यमा प्रकाशन गरेको राष्ट्रसेवक स्मारिका–०८१ विमोचन समेत गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव इन्द्र वहादुर पोख्रेलले गरेका थिए ।
- dhankutapress