Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनकुटामा ९ दिने औधोगिक मेला सुरु

  •   २ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा प्रदेशस्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१ वुधवार देखि सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मेलाको समुद्धघाटन गरेका हुन् ।

मेलाको उद्धघाटन गर्दै मुख्यमन्त्री कार्कीले अबको प्रदेश सरकार साढे ३ वर्ष चल्ने बताएका छन् । उनले यस्ता मेलाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भएकाले प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले धनकुटाको विकासमा कमि हुन नदिने बताउँदै २०८३ भित्र धनकुटामा १०० वेडको अस्पताल सञ्चालनमा ल्याउन प्रदेश सरकार लागि रहेको बताए । उनले धनकुटामा आर्थिक वर्ष ०८१÷८२ बाट प्रशासनिक भवन तथा मन्त्री र कर्मचारी आवास बनाएर महिनामा एकपटक मन्त्रीपरिषदको बैठक राख्ने बताउदैँ ३ वर्षभित्र प्रदेश सरकारले प्रदेशको महत्वको सन्देश दिनेगरि काम गर्ने बताए ।

‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिरर्भतातर्फ अग्रसर बनौँ’ भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा धनकुटाको अमलेटारमा रहेको औधोगिक ग्राममा सुरु भएको मेला आगामी जेठ १७ गतेसम्म चल्नेछ । मेलामा घरेलु उत्पादन र स्थानीय खानाका परिकार सहित ३० वटा स्टल राखिएको छ । 

मेलामा २० हजार आन्तरिक पर्यटकले अवलोकन गरेर २ करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ। धनकुटामा निर्माण भएको औधोगिक ग्राम सञ्चालनमा आउन नसकेपछि आयोजना गरिएको मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र विक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतीहरु रहको घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए । 


  • Dhankutapress

थप