Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

किरात राई खेलकुद संघ धनकुटाको अध्यक्षमा आकाश राई

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/किरात राई खेलकुद संघ धनकुटाको प्रथम भेलाले आकाश राईको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईको प्रमुख आतित्थ्य तथा किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जय कुमार राईको विशेष आतित्थ्यमा किरात राई खेलकुद संघ धनकुटा मंगलवार गठन भएको हो ।

किराँत राई खेलकुद संघ धनकुटाका उपाध्यक्षमा क्रमशः जुनु राई, अनिता राई, सबिन राई सचिवमा आदित्य राई, स–हसचिवमा मुस्कान राई,कोषाध्यक्षमा सीता राई सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जोगेन्द्र राई, शुसिला राई, मौसम तुप्रिहाङ राई, सुवास राई, सन्जय राई, दिपेश राई, डाँफे राई, विजय राई, धन बहादुर राई, जय कुमार राई, सन्तोष राई, लोकेन्द्र राई, सवाल राई रहेका छन् ।

प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई, विशेष अतिथि किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जय कुमार राई, किरात राई पत्रकार संघका केन्द्रीय सदस्य नरेन्द्र कश्चित, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, भलिबलका राष्ट्रिय प्रशिक्षक विनय राई, नेपाल कराते महासंघ धनकुटाका अध्यक्ष लोकेन्द्र राई लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । भेला किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्दवमणि राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Dhankutapress

थप