Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटामा यस वर्ष पनि रोड रेस प्रतियोगिता हुने

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता

धनकुटा/पूर्व प्रहरी संस्था धनकुटाको आयोजनामा धनकुटामा ८ किलोमिटर खुल्ला महिला तथा पुरुष रोड रेस प्रतियोगिता हुने भएको छ ।

विश्व मुटु दिवसको अवसरमा आगामी असोज १२ गते प्रतियोगिता हुने आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । मध्यपान धुम्रपान त्यागौ, स्वस्थ रहौँ मुटु बचाऔँ भन्ने मुल नारा सहित प्रतियोगिताको आयोजना गरिन लागेको हो ।                

धनकुटाको औद्योगिक क्षेत्रको सडक घुम्तीबाट सुरु हुने प्रतियोगिता गोठगाउँ, नगरपालिका ढाट, जिरोप्वाइन्ट, रमाइलो घुम्ती, परिचय मोड हुँदै धनकुटा बजार परिक्रमा गरेर मदन चोकमा समापन हुने आयोजक समितिका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिए ।

महिला तथा पुरुष तर्फ नै प्रतियोगितामा प्रथम हुनेले ७ हजार रुपैयाँ, दोस्रो हुनेले ५ हजार रुपैयाँ, तेस्रो हुनेले ३ हजार रुपैयाँ र सान्तोना २ जनाले एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । २०७८ सालदेखि विश्व मुटु दिवसको आयोजनामा पूर्व प्रहरी संस्थाले सुरु गरेको प्रतियोगिता यो वर्ष तेस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।

  • Dhankutapress

थप