Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटाको राजारानीमा आयोजित अन्तराष्ट्रिय आमन्त्रण रारा भेट्रानमा इटहरी र सिक्किम फाईनलमा

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको चौविसे गाउँपालिका ६ राजारानीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनल खेल सम्पन्न भएका छन् । 

बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान झापालाई हाम्रो इटहरी भेट्रान सुनसरीले ० का विरुद्ध  ३ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ । यस्तै विराट मेघा भेट्रान विराटनगर र बेर्मियोक नाम्फिङ भेट्रान सिक्किम भारतका बिच दोस्रो सेमिफाइनल खेलमा सिक्किम विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।  सिक्किमले विराटनगरलाई ० का विरुद्ध २ गोलले पराजित गरेको हो । 

प्रतियोगिताको फाइनल खेल बिहीबार (आज) हुने र प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख ट्रफी मेडल प्रमाणपत्र र दोस्रो पुरस्कार नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । रारा भेट्रान फुटबल क्लबको आयोजनामा राजारानी खेल मैदानमा प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ, झापा सहित भारतको सिक्किमका गरि ८ वटा भेट्रान क्लबको सहभागीता रहेको थियो । 


  • Dhankutapress

थप