Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

बक्सीङ्ग संघ धनकुटाको अध्यक्षमा विदुर खवास

  •   ३ वर्ष अघि | १६ जेष्ठ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/जिल्ला बक्सीङ्ग संघ धनकुटाको दोस्रो अधिवेशनले विदुर खवासको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बक्सीङ्ग संघ गठन गरेको छ ।

      संघको उपाध्यक्षमा सुजित प्रधान, रितु दास, सचिव कुमार बस्नेत र कोषाध्यक्ष सर्मिला आले मगर चयन भएका छन । त्यस्तै सदस्यहरुमा  रीजन श्रेष्ठ, रेनुका मगर,राजकुमार राई,निरञ्जन राई, आसा राई र बलराम लिम्बुलाई चयन गरेको नवनिर्वाचित अध्यक्ष विदुर खवासले जानकारी दिए । 

अधिवेशनले सल्लाकार समिती समेत चयन गरेको छ । सल्लाहकार समितिमा कमलदिप तिगेला, लक्षमण विक, किश्वर सम्बाहाम्फे, विनोद घिमिरे र दिपक आले मगरलाई चयन गरेको छ । जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यता तथा नेपाल बक्सीङ्ग संघका केन्द्रिय उपाध्यक्ष नरेन्द्र लिम्बु पोमोको विषेश आतिथ्यमा उक्त समिति निमार्ण गरेको सचिव कुमार बस्नेतले जानकारी दिए । 

कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका प्रमुख नविन प्रधान, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष सन्तवीर लामा, विभिन्न खेल सम्बन्ध संघ सस्थाका प्रमुख तथा प्रतिनिधि तथा खेलाडीहरुको उपस्थिती रहेको थियो । 

  • Dhankutapreess

थप