Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

रारा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्ड कप फुटबल प्रतियोगिता हुने

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

राजारानी/धनकुटाको पर्यटकीय क्षेत्र राजा रानीमा प्रथम ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति रारा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । 

फुटबल कार्यक्रमलाई भव्यता दिनको लागि फुड फेस्टिभल तथा सांस्कृतिक साँझ समेत सञ्चालन गरिने आयोजक रारा भेट्रान क्लबले समोवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । मङ्सिर ११ गते देखी सुरु हुने प्रतियोगितामा एक भारतीय सहित कोसी प्रदेशका ८ वटा टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष बिजु राईले जानकारी दिए । 

कुल २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ५ हजार र बिधागतरुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिने आयोजकको भनाई छ । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागी टिमलाई प्रति म्याच १५ हजारका दरले तयारी खर्च समेत उपलब्ध गराइने आयोजकले जनाएको छ । 

राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोङ, बुद्ध चेम्जोङ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल राजा रानीमा प्रथम संस्करणको प्रतियोगितालाई अगामी वर्ष पनि निरन्तरता दिने संरक्षक चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले बताए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि गाउँपालिकाको तर्फबाट आर्थिक तथा भौतिक सहयोगका लागि प्रतिबद्ध रहेको चेम्जोङको भनाई छ ।

फुटबल प्रतियोगितालाई भव्यता प्रदान गर्नका साथै स्थानीय स्तरमा उत्पादित खाद्यान्नको प्रवद्र्धनका लागि फुड फेस्टिभलको समेत आयोजना गर्ने जनाइएको छ । सोही अवसरमा नेपालका हाल चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसँगै नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने क्लबका अध्यक्ष बिजु राईले बताए ।

  • Dhankutapress

थप