Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

‘हाकिमलाई खुशी पारेर काम लिने प्रथा निर्माण ब्यवसायीले त्याग्नु पर्छ’–वरिष्ठ उपाध्यक्ष लामा

  •   १ वर्ष अघि | १९ जेष्ठ २०८२, आइतवार

पञ्चमाया तामाङ

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष एडी लामाले बोलपत्र न्यून् दरमा हालेर हाकिमलाई खुशी पारेर काम लिने प्रथा निर्माण ब्यवसायीले त्याग्नु पर्ने बताएका छन् ।

धनकुटाका निर्माण व्यवसायीहरुको व्यवासयिक दक्षता अभिवृद्धि गराउने उदेश्यले दुई तालिमको आईतवार उद्धघाटन गर्दै बरिष्ठ उपाध्यक्ष लामाले यस्तो बताएका हुन् । तालिको समुद्धघाटन गर्दै वरिष्ठ उपाध्यक्ष लामाले भने–‘राज्यकोषको ६० प्रतिसत भन्दा बढी वजेट निर्माण व्यवसायीहरुले खर्च गरिरहेका छन् ।’ उनले यति धेरै बजेट खर्च गर्ने निर्माण व्यबसायीहरुले पछिल्लो समयमा धेरै बिलो गएर अस्वश्त प्रतिष्पर्धा गरिनुले आफैलाई घाटा भैरहेको बताए । उनले तालिम विशेष गरेर कुनै पनि वोलपत्रमा बिओक्यू नै राम्रोसंग नहेरी ठेक्का हान्ने व्यबसायीहरुको लागि मुख्य तार्गेट गरिएको बताए । अधिकांश निर्माण व्यवसायीले १८ घण्टासम्म साईडमा काम गर्छन, भन्दै लामाले थपे–‘तै पनि घाटा नै खाई रहनु पर्ने अनि बद्मासको संज्ञा खेप्नु पर्छ, राम्रो भएन भन्दै सहभागी माँझ प्रश्न गरे ।’ उनले निर्माण व्यवसायीहरुको आँचारण र ब्यबहारको कारण समाजले हेर्ने दृष्ट्रिकोण समेत फरक रहेको औल्याए । नेपाल निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकास थुलुङ्गको अध्यक्षतामा सम्पन्न दुई दिने तालिमको उद्धघाटन सत्रमा महासंघका पूर्व केन्द्रिय सदस्य यज्ञ खतिवडा, नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष केशव वुढाथोकी, धनकुटाका सल्लाहकार सञ्चमान लिम्वू, प्रकास तामाङ, कुलवहादुर राई लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजिकरण इन्जिनियर केशव आचार्यले गरिरहेका छन् । तालिममा निर्माण व्यवसायी संघ धनकुटामा आवद्ध ६० जना भन्दा वढी निर्माण व्यवसायीहरुले भाग लिइरहेका छन् । तालिमबाट धनकुटामा रहेको निर्माण व्यबसायीहरुको प्राविधिक ज्ञान प्राप्त भै क्षमता अभिवृद्धि हुने आशा गरिएको छ । निर्माण व्यवसायी संघ धनकुटामा १ सय २० को हाराहरीमा निर्माण व्यवसायीहरु आवद्ध रहेका छन् । संघका महासचिव मनोज चाम्लीङ्ग राईले कार्यक्रम संचालन गरेका थिए । 

  • dhankutapress

थप