Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

मुहम्मद जयन्ती (मुहम्मद दिवस)को शुभकामना सन्देश

  •   १ वर्ष अघि | २० भदौ २०८२, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

काठमाण्डौं/उपराष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मका अन्तिम ईशदूत (पैगम्बर) हजरत मुहम्मद (सल्ल.) को १५०० औं (१२ रब्वी–उल–अब्वल) जन्मजयन्ती (मुहम्मद दिवस) को शुभ अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्–‘मुहम्मद जयन्तीले हामी सबैलाई सत्य, सहिष्णुता, सदाचार र सामाजिक समरसताको मार्गमा अग्रसर हुन स्मरण गराउँदछ ।’ हामीलाई करुणा, सहिष्णुता र मानवता प्रति समर्पित रहन तथा धार्मिक सद्भाव र भाइचारालाई बलियो बनाउने अवसर प्रदान गर्दछ । यो जयन्तीले मानव सभ्यतालाई शान्ति, न्याय र समानताको मूल्यमान्यतामा दृढ रहन मार्गदर्शन गर्न सकोस् भन्दै उपराष्ट्रपति यादवले शुभकामना शन्देस दिएका हुन् ।  शुभकामना शन्देसमा भनेका छन्–‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ मनाइने पर्व÷जयन्ती÷दिवसहरुले हाम्रो सामाजिक संरचनालाई थप सुदृढ बनाउने कार्य गर्छन् ।’ साथै उनले मुहम्मद जयन्ती केवल एक धार्मिक अवसर मात्र नभई सामाजिक, सांस्कृतिक र नैतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । इस्लाम धर्मावलम्बीहरुले यो अवसरमा कुरान पाठ गर्ने, नमाज पढ्ने र प्रार्थना गर्ने लगायतका धार्मिक अनुष्ठान गरी यो जयन्ती मनाउने परम्परा रही आएको छ । यसले आत्मशुद्धि, संयम र आध्यात्मिक अनुशासनको अभ्यासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दछु । 

हजरत मुहम्मदको उपदेशहरु सत्य, करुणा, क्षमा, धैर्य र सेवाभावलाई आत्मसात गर्न यो जयन्तीले हामीलाई अभिप्रेरित गर्दछ । यसले परस्पर सहयोग, भाइचारा, एकता र समझदारीको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्दछ । साथै, गरीब, असहाय, अनाथ र विपन्न वर्ग प्रति सहानुभूति र सहयोगको भावना अभिवृद्धि गर्न टेवा पुग्दछ । जीवनमा सत्य बोल्ने, इमानदारीपूर्वक आचरण गर्ने, अरुको पीडामा साथ दिने, गल्ती क्षमा गर्ने र सहिष्णु बन्नु पर्ने सन्देश पनि यो जयन्तीले दिन्छ । 

 शुभकामना शन्देसको अन्त्यमा, मुहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सन्देश फैलाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै हजरत मुहम्मदको जीवन दर्शन र उपदेशले सत्य, न्याय, सेवा र समर्पणको मार्गमा मानव समाजलाई प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु ।

  • dhankutapress

थप