Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

राससमा तामाङ भाषाको समाचार सेवा विस्तार हुन्छ : मन्त्री गुरुङ

तामाङ मिडिया अवार्ड २०८२ बाट दुई जना पत्रकार सम्मानित

  •   १ वर्ष अघि | १ भदौ २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

काठमाण्डौं/सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार माध्यममा भाषागत समावेशीतालाई सरकारले मुख्य प्राथमिकता दिएको बताएका छन् । यस अन्तर्गत यसै वर्षभित्र राससमा तामाङ भाषाको समाचार सेवा विस्तार गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

काठमाडौँमञ आइतबार तामाङ पत्रकार संघीय समितिले आयोजना गरेको ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजित ‘तामाङ मिडिया अवार्ड–२०८२’ कार्यक्रमलाई संबोधन गर्दै सञ्चार मन्त्री गुरुङले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङका अनुसार रेडियो नेपाल, नेपाल टेलिभिजन, गोर्खा पत्र र रासस जस्ता सरकारी माध्यममा मातृभाषाको समावेशीता थप्ने कार्य तिब्र भइरहेको बताए । जस अन्र्तगत गोर्खा पत्रमा हाल सम्म ४५ वटा माभृभाषामा समाचार संप्रेषण भइरहेको, रेडियो नेपालमा २५ वटा मातृभाषाहरु र राससमा हालसम्म नेपाल भाषा र मैथीली मातृभाषामा समाचार सेवा विस्तार सुरु गरिएको छ ।त्यस्तै, उनले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामार्फत समितिमा छलफलको क्रममा रहेको मिडिया विधेयक काउन्सील लगभग अन्तिम निष्कर्षमा पुगेको बताए । मन्त्रालयले भर्खरै एआई नीति मन्त्रीपरिषद्बाट पास गरेको र अब छिट्टै नै कार्यान्वयन गर्ने प्रक्रियामा रहेको जानकारी दिए । सरकारले डिजीटल फ्रेमवर्क नेपालको परिकल्पनालाई साकार पार्न एआइ नीतिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने पनि उनको धारणा थियो । एआइ नीति लागु गर्नका लागि आवश्यक पर्ने भौतिक संरचनाको निर्माण गर्ने, फो जी नेटवर्कलाई तिब्र पार्दै फाइभ जि नेटवर्ककको सुरुवात गर्ने, डाटा सेन्टहरु खोल्ने र आवश्यक आइटि जनशक्तीको निर्माण गर्ने लगायतका योजना अन्र्तगत मन्त्रायले गृहकार्य गर्दै आएको विश्वास समेत मन्त्री गुरुङले प्रष्ट पारे ।बागमती प्रदेशका खानेपानी, उर्जा तथा सीचाइ मन्त्री कृष्ण कुमार तामाङले तामाङ भाषालाई सरकारी कामकाजमा कार्यान्वयन गराउन आफु प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका उप–सम्पादक टिकाराम तितुङ तामाङ र रेडियो लाली गुराँस धनकुटा हिलेका रेडियो पत्रकार मालती मोक्तान (मानवी) तामाङलाई यस वर्षको तामाङ मिडिया अवार्डले पुरस्कृत गरिएको थियो । सञ्चार मन्त्री गुरुङले पत्रकारद्धय तितुङ तामाङ र मोक्तान तामाङलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए । तामाङ पत्रकार संघका संघीय अध्यक्ष नेत्र मोक्तान तामाङले अवार्ड प्रदानमार्फत संघले तामाङ समुदायका पत्रकारको संरक्षण, प्रवद्र्धन र बृद्धि विकासमा सहयोग गर्दै आएको बताए ।

वि.सं.२०५१ सालमा स्थापना भएको तामाङ पत्रकार संघले प्रत्येक वर्ष तामाङ प्रसारण दिवसको अवसरमा तामाङ समुदायका सक्रिय पत्रकारलाई सम्मान गर्दै आएको छ । संघले २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रशारण भएको दिनलाई तामाङ प्रसारण दिवसका रूपमा मनाउँदै आएको हो ।

  • dhankutapress

थप