धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा जिल्लामा महिला अधिकारका लागि राष्ट्रिय अभियानद्वारा संगठन विस्तार गरिएको छ ।
सो अवसरमा ‘२०८४ मा महिला पहिला अभियान‘ अन्तर्गत हस्ताक्षर संकलन अभियान सफलतापूर्वक विहिवार सम्पन्न गरिएको छ। जिल्ला समन्वय समिति, धनकुटाका उप–प्रमुख सावीत्रा राईज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला अधिकार, समानता तथा सशक्तीकरणका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु ५५ जनाको सक्रिय सहभागिता रहेको थियो ।
अभियानले महिला अधिकारकर्मी पार्वती दाहाल (अमात्य) को अध्यक्षतामा महिला अधिकारका लागि राष्ट्रिय अभियानको धनकुटामा १७ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ ।
महिला अधिकारको संरक्षण र प्रवद्र्धनका लागि संगठनलाई अझ सशक्त बनाउने उद्देश्यले अभियान संचालन गरिएको हो । अभियानले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास लिइएको छ । कार्यक्रम धनकुटा नगरपालिका उप–प्रमुख भिमादेबी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- dhankutapress