Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा जिल्ला स्तरिय बार्षिक प्रगति समिक्षा सुरु

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राईले सरोकारवाला कार्यालयहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रमले जनतामा गरिबी कम हुने, आम्दानी बढ्ने र सु–शासनको कायम बताएका छन् ।

धनकुटामा जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीको बिहीबार उद्धाटन गर्दै पूर्वमन्त्री राईले विगतका बर्षदेखि धनकुटाको जनसंख्या घटेकोले त्यसको समीक्षा हुनुपर्ने बताए । उनले गत आर्थिक वर्षमा धनकुटामा कर्मचारीको लापरवाहीको कारणले केही बजेट फ्रिज भएको बताउँदै आगामी दिनमा यस्तो नगर्न सुझाब दिए ।  उनले जनताको जीवनमा परिवर्तन ल्याउन सकिने कार्यक्रम सञ्चालनमा रहेकोले कुनै पनि तरिकाले लापरवाही नगर्न अनुरोध गरे । सरकारले बक्यौता भुक्तानी नगर्दा धनकुटामा दुध उत्पादन घट्दै गएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/०८१ मा धनकुटा जिल्लामा सञ्चालित बजेट योजनाको विषयमा सुरु भएको वार्षिक प्रगति समिक्षा कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा धनकुटामा रहेका ७ वटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका विषयगत कार्यालय र विभिन्न गैरसरकारी कार्यालयहरुले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुका समेटिएको प्रगती प्रतिवेदन प्रस्तुत गरिरहेको छन् । 

कार्यक्रममा प्रस्तुत प्रतिवेदननमा कार्यालयहरुले गरेका काम, काम गर्दा देखा परेका समस्या, चुनौती, त्यसलाई सहज बनाउने विषय, बेरुजु समस्या र समाधानको विषयमा छलफल केन्द्रित भईरहेको छ । कार्यक्रममा जिल्लाको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा भएका उपलब्धि र चुनौतीहरुको समीक्षा भएको छ । कार्यक्रमले जिल्लाको समग्र विकासको अवस्था बुझ्न र आगामी योजनाहरु तय गर्न मद्दत पुग्ने आशा गरिएको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले जानकारी दिएका छन् । 

  • dhankutapress

थप