Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा पनि जेन्जीको शान्तिपूर्ण प्रदर्शन

  •   १ वर्ष अघि | २३ भदौ २०८२, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा पनि जेन्जी समूहले सोमवार शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल तत्काल खोल्नु पर्ने र ब्याप्त भ्रष्टचार नियन्त्रण गर्नु पर्ने माग गर्दै धनकुटा बजारको विभिन्न भागमा प्रदर्शन गरेका हुन् ।

धनकुटा नगरपालिका वडा नं.७ स्थित् चुवाको बोटमा जम्मा भएर जेन्जी समूहले धनकुटा बजारमा प्रदर्शन गरेका थिए । चुवाको बोटबाट शुरु भएको जेन्जी समूहको प्रदर्शन नारावाजी गर्दै धनकुटा बसपार्क मदनचोक, हुलाकटोल, परिचयमोड, विचवजार, सिरान बजार, भीमनारयणचोक, माथिल्लो कोप्चे, बिहिबारे हटिया, तल्लो कोप्चे, टुडिखेल, हुँदै पुनः चुवाको बोटमा आएर कोणसभामा परिणत भएको थियो । आयोजित कोणसभालाई जेन्जी समुहका संयोजक एवं कुइक रेस्पोन्स धनकुटाका संयोजक दर्शन थापाले सम्वोधन गरेका थिए । उनले सामाजिक सञ्जाल तत्काल खुल्ला नभएसम्म र भ्रष्टचारीलाई कार्वाहीको दायरामा नलाएसम्म आन्दोलन जारी रहने बताए । उनले बर्तमान एमाले र कांग्रेस नेतृत्वको गठवन्धन सरकारले नागरिकको अविव्याक्ति स्वतन्त्रा माथि हस्तक्षेप गरेको आरोप लगाए ।  प्रदर्शनको क्रममा उनीहरुले भ्रष्टचारीलाई किरा परोस, जेन्जी समूह जिन्दावाद, जनता कर तिर्ने नेता हसुर्ने, पसिना र कर हामे, मोजमस्ती तिम्रो जस्ता प्ले कार्ड छातीमा टाँसेर धनकुटा वजारको विभिन्न भागको परिक्रमा गरेका थिए । प्रदर्शनमा करिव २ सय ५० को हाराहारीमा यूवाहरुको उपस्थिति रहेको थियो ।  

  • dhankutapress

थप