Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

आज तामाङ पहिचान दिवस

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

सन्तवीर मोक्तान तामाङ



धनकुटा/तामाङ महिला दिल कुमारी ब्लोन (सीता महारानी) ले राणा प्रधानमन्त्री श्री ३ महाराज भीम शम्सेरसँग विबाह गरेका थिए । तर भीम शम्सेरले उनको ससुराली खलकलाई पाँडे थर बनाईदिए । ती पाँडे तामाङहरु अहिले पनि बानेश्वर आसपासमा छँदैछन । 


..........त्यतिबेला राणाहरुले तामाङले तामाङ लेख्न पनि बन्चित गरिएको थियो । तामाङले तामाङ लेख्न पाउ भनेर सरदार जंगवीर तामाङ र सीता महारानीको पहलमा भीम शम्सेरले १८८९ भदौ ६ गते तामाङ भाषामै एक इस्तिहार जारी गरि तामाङ लेख्न र बोल्न फुकुवा गरेको थियो । विगत केही बर्ष अघि देखि तामाङ संघ संस्थाहरुले प्रत्येक भदौ ६ गते तामाङ पहिचान दिवसको रुपमा मनाउदै आईरहेको छ ।

यसै शिलशिलामा नेपाल तामाङ घेदुङ लगायत विभिन्न तामाङजन्य संघसंस्थाहरुले आको दिनलाई तामाङ पहिचान र ज्ञान दिवसको रुपमा मनाउने गरेको नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय सल्लाहकार वीर वहादुर  तितुङले बताएका छन् । उनले प्रदेस नं.१ को सुनसरी, धनकुटा मोरङ्ग लगायत विभिन्न जिल्लामा तामाङ पहिचान दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिरहेको नेपाल तामाङ घेदुङ प्रदेस नं.१ का अध्यक्ष रेख वहादुर घिसिङ बताएका छन् । 

  • dhankutapress

थप