Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सहिद लाजेहाङको सम्झनामा धनकुटामा स्मृतिमा सभा सम्पन्न

प्रदेशको नाम कोशी खारेजी र मुक्कुमलुङ्गको आन्दोलन एकै साथ उठाउनु पर्ने बक्ताहरुको जोड

  •   २ वर्ष अघि | ९ चैत्र २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/प्रदेशको नाम कोशी विरुद्ध उठेको पहिचानको आन्दोलनमा सहिद भएका पदम कुमार लिम्वू लाजेहाङ्गको सम्झनामा दोश्रो स्मृति सभा आइवार धनकुटामा सम्पन्न भएको छ । कोशी नाम खारेज संयुक्त संघर्ष समिति धनकुटाको आयोजना र किराँत याक्थुङ्ग चुम्लुङ्ग जिल्ला कार्य समिति धनकुटाको समन्वयमा प्रथम पहिचानी सहिद पदम कुमार लिम्वू लाजेहाङ्गको सम्झनामा दोश्रो स्मृति सभा धनकुटामा आयोजना गरिएको हो । स्मृतिभामा बोल्ने बक्ताहरुले कोशी नाम खारेजी र मुक्कुमलुङ्ग आन्दोलन पहिचानसंग जोडिएको मुद्धा भएकाले दुवै आन्दोलनलाई एकै साथ उठाएर लानु पर्नेमा जोड दिएका छन् । स्मृति सभामा बोल्दै किराँत याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय सदस्य चन्द्रसिंङ्ग नेम्वाङ्गले कोशी नाम खारेजी र मुक्कुमलुङ्गको आन्दोलन पहिचानसंग जोडिउकाले एकै साथ उठाउनु पर्नेमा जोड दिए । उनले पहिचानको आन्दोलन फुटेर नभै जुटेर मात्र सम्भव हुने तर्क पेश गरे । उनले भने–‘विचार र आस्थाको हिसावले म फरक ठाउँमा रहेको हौंला तर, पहिचानको आन्दोलनमा सधैं सडकमा नै हुनेछु ।’ उनले एकतामा बल हुने भएकाले पहिचानको आन्दोलनमा सम्पूर्ण पहिचानवादीहरु एक भएर अघि वढ्नु पर्नेमा जोड दिए । त्यसैगरी कोशी नाम खारेज संयुक्त संघर्ष समिति धनकुटाका संयोजक सञ्जय संतोषी राईले पहिचानको आन्दोलनलाई शसक्त बनाएर लानु पर्नेमा जोड दिए । उनले वर्तमान राज्यसत्ता पछिल्लो समयमा एकात्मक केन्द्रिकृत पञ्चे शैलीले अघि बढीरहेकाले पहिचानर समावेशीताको लागि आन्दोलन गर्नुको नरहेको बताए । पहिचानको लागि संयुक्त संघर्ष समितिले सशक्त ढंगले आन्दोलन उठाए आफू ज्यान दिनसमेत पछि नहट्ने संयोजक राईको भनाई थियो ।  कियाचु धनकुटा जिल्ला अध्यक्ष कमलसिं तिगेला लिम्वूको अध्यक्षतमा सम्पन्न स्मृति सभामा कियाचु केन्द्रिय सदस्य हेमकुमार आङ्गला, कोशी नाम खारेज गर्न गठित जिल्ला संघर्ष समितिका सचिव डम्वर खवाहाङ्ग लिम्वू, जसपा नेपालकी जिल्ला अध्यक्ष पार्वती राई, फोनिज प्रदेश नं.१ का निवर्तमान अध्यक्ष सन्तवीर लामा, चुम्लुङ्ग नगर अध्यक्ष नेमराज लिम्वू, पुर्व नगर अध्यक्ष खड्ग लिम्वू लगायतले लाजेहाङ्गको स्मृतिमा उनको सम्झना गर्दै योगदानको चर्चा गर्दै श्रद्धाञ्ली व्यक्त गरेका थिए । कार्यक्रमको संचालन कियाचु धनकुटा जिल्ला समितिका सचिव हेमु स्मृति चोङ्गवाङ्गले गरेका थिए ।त्यसैगरी कोशी नाम खारेज चौविसे गाउँपालिका संघर्ष समितिले पदम कुमार लिम्वू लाजेहाङ्गले वीरगति प्राप्त गरेको दिनलाई सम्झना गर्दै धनकुटाको राजारानीमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको पहिचानवदाी नेता दिवा चेम्जोङ्गले धनकुटा प्रेसलाई जानकारी दिएका छन् । संघर्ष समितिका संयोजक दिवा चेम्जाङ्गको अध्यक्षतामा सम्पन्न लाजेहाङ्ग स्मृतिसभालाई संघीय लिम्वूवान मञ्च धनकुटाका अध्यक्ष आशिष थेगिम लगायतले सम्वोधन गरेका थिए । कार्यक्रम चौविसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारमा सम्पन्न भएको थियो । सो अवसरमा स्मृति सभामा सहभागीहरुले लाजेहाङ्गको तस्विरमा माल्यार्पण गरेका थिए । 

  • dhankutapress

थप