Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नेपाली सेनाले ‘विजयपुरगढी–सांगुरीगढी दौड’ तथा पदयात्रा आयोजना गर्ने

  •   १० महिना अघि | १९ पुस २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नेपाली सेनाले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा सुनसरी र धनकुटा जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । 

नेपाली सेनाको पूर्वी पृतना हेडक्वा। तथा नं २ बाहिनी अड्डाको संयोजनमा, धनकुटास्थित भीमदल गण र सुनसरीस्थित भगवतीदल गणको पहलमा कार्यक्रम आयोजना हुन लागेको सेनाले जनाएको छ । उक्त कार्यक्रम धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका र पाख्रीबास नगरपालिकाको विशेष सहयोगमा सञ्चालन गरिने आयेजकले जनाइएको छ ।

आगामी पुष २७ गते ‘विजयपुरगढी–सांगुरिगढी दौड’ आयोजना गरिने छ भने ,पुष २७ गतेदेखि ३० गतेसम्म ‘विजयपुरगढी–सांगुरिगढी–पाख्रीबास निशान पदयात्रा’ आयोजना हुने कार्यक्रम तय गरिएको सेनानी पार्वती थापाले जानकारी दिए ।  पुर्वको ऐतिहासिक स्थल विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएको छ । उक्त  कार्यक्रममा सबैलाई सहभागी हुन नेपाली सेनाले अनुरोध पनि गरेको छ ।

  • dhankutapress

थप