Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा बस दुर्घटनामा : मृत्यु हुनेको संख्या तीन पुग्यो

  •   १ वर्ष अघि | २४ बैशाख २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । इटहरीबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटाको गोठगाउँको गोलाई नजिकै दुर्घटनामा परेको थियो । 

दुर्घटनामा गम्भीर घाइते धनकुटाकी ७३ वर्षीया कृष्णकुमारी राईको घटना स्थलमा  र बस चालक सुनसरीका ५१ वर्षीय रूद्र तामाङको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

यसैगरी सोही दुर्घटनाका घाइते भोजपुरका ५८ वर्षीया लिला बहादुर श्रेष्ठको मंगलवार बिहान ४.३० बजे उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनाका १७ जना घाइते मध्य दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।

  • dhankutapress

थप