Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

गौथली भिरमा मृत फेला परेका रानाको नेपाली सेनाद्धारा उद्धार

  •   २ महिना अघि | १ भदौ २०८३, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेर्खकका अन्दाजी ३५ वर्षीया ओमबहादुर राना मगर सोही वडाको गौथली भिरमा मृत अवस्थामा फेला परेका छन ।

जटिल भूगोलमा रहेको रानाको शव उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुरोधमा नं २ बाहिनी अड्डा हिलेको निर्देशनमा धनकुटा स्थित् भीमदल गणबाट नेपाली सेनाको टोली परिचालन गरिएको थियो ।  सेनानी मन्दिप राईको कमान्डमा खटिएको नेपाली सेनाको टोलीले सोमबार दिउँसो करिब १२ः४५ बजेदेखि मृत राना मगरको शव उद्धार कार्य सुरु गरेको थियो । कठिन र जोखिमपूर्ण चट्टा नै चट्टान भएको भूगोलमा रहेको शवलाई भीमदल गणको टोलीले जिल्लास्थित अन्य सुरक्षा निकायहरुसँगको सहकार्यमा दिउँसो करिब ४ः३० बजे सफलतापूर्वक उद्धार गरेको जनाइएको छ ।

उद्धारपछि शव आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायलाई जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

  • dhankutapress

थप