Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

कोशी राजमार्ग, भेडेटार–रवि–राँके र तमोर कोरिडोरमा सवारी साधन सञ्चालनमा रोक

  •   ४ महिना अघि | २ साउन २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेअनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

अविरल वर्षाको सम्भावना र त्यसबाट हुन सक्ने बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो । प्रशासनले धनकुटाको मुख्य सडक कोशी राजमार्ग सहित भेडेटार–रवि–राँके सडक र तमोर कोरिडोर सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

भेडेटार–रवि–राँके सडकखण्ड, मुलघाटदेखि पाँचथरको सीमासम्मको तमोर कोरिडोरमा सवारी सञ्चालनमा पूर्णपुरमा रोक लगाइए पनि कोशी राजमार्गमा भने अवस्था अनुसार रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिए । उनका अनुसार भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाएको भएपनि भेडेटारबाट धनकुटा मात्रै आउने सवारीमा भने रोक लगाइएको छैन । जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा शनिबार र आइतबार देशका विभिन्न भूभागसहित धनकुटामा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत धमलाले बताए ।यस्तै, अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । तीनै तहका सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रशासकीय अधिकृत धमलाको भनाइ छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन गरिएको छ । पहिरो तथा बाढीको जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि प्रशासनले सम्बन्धित निकायलाई निर्देशन दिएको उनको भनाइ छ ।

धमलाले खोला, नदी र खहरेको आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै आकस्मिक अवस्थामा नेपाल प्रहरीको हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको जानकारी दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण शनिबार र आइतबार वर्षाका २३ बढी जिल्लामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन आग्रह गरे अनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाले सतर्कता सहित सडकमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

प्राधिकरणका अनुसार दुई दिन धनकुटा सहित पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा उच्च जोखिममा रहेका छन् ।

  • dhankutapress

थप