Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

श्रीमद्मत्स्यमहापुराणबाट १ लाख ७६ हजार नगद संकलन

  •   ५ महिना अघि | २२ जेष्ठ २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं.–६,स्थित वाघेखोलमा रहेको धर्मगंगा तथा कैलाशनाथ धाम मन्दिर परिषरमा आयोजना गरिएको श्रीमद्मत्स्यमहापुरणबाट १ लाख ६७ हजार २ सय ९० रुपौया नगद संकलन भएको छ । 

शुक्रकार पुराण आयोजक राधारानी मिलिजुली महिला समूहले पत्रकार सम्मेलन आयोजना गरेर पुराणको आयव्याय प्रस्तुुत गर्दै रकम संकलन बारे जानकारी गराएको हो । गएको जेठ ६ देखी १३ गते सात दिनसम्म राधारानी महिला समूहको अयोजना र धर्मगंगा तथा कैलाशनाथ धाम विकास समितिको समन्वयमा धाममा सामुदायिक भवन निर्माणका लागि श्रीमद्मत्स्यमहापुरणको अयोजन गरिएको थियो । उक्त पुराणमा विभिन्न कार्यालयहरु, संघ, संस्थाहरु, भक्तजन लगायतबाट ७ दिनमा संकलित जम्मा ७ लाख ६२ हजार ९५ रुपौया आम्दानी भएको महिला समूहकी अध्याक्ष निरुता कटुवालले जानकारी दिईन् । जसमध्ये ५ लाख ८५ हजार ८ सय ५ रुपौयाँ खर्च भएको र १ लाख ७६ हजार २ सय ९० रुपौयाँ बचत भएको बताईन । उनका अनुसार गुरु दक्षिणा, खाद्यन्न, टेण्ड तथा साउण्ड सिस्टम, ईन्धन, यातायात, व्यानर रसिद, संचार, व्यवस्थापन, पुजा समाग्री खरिद र विविध गरी माथिउल्लेखित रकम खर्च भएको आयोजकले जनाएको छ । त्यस्तै धर्मगंगा धाममा सामुदायिक भवन निर्माणका लागि आयोजना गरिएको पुराणमा विभिन्न क्षेत्रमा आवद्ध तथा समाजिक व्यक्तिहरुले नगद र जिन्सी समाग्री समेत सहयोग गरेको बताइएको छ ।

धनकुटा नगरपलिकाका वडा नं.–६ समाजसेवी गोपाल कटुवाल, दिवाकर दाहाल, कमल कार्की र धनकुटा नगरपालिका वडा नं.–९ का दिपक रायमाझीले व्याक्तिगत तर्फबाट भवन निर्माणका लागि एकएक वटा कोठा निर्माण गरीदिने बताईएको छ  । त्यसैगरी नारायण विश्वकर्माले भवन निर्माणका लागि ५१ हजार बराबरको निर्माण सामग्री खरिद र नगद ११ हजार १ सय रुपैयाँ र अभिमाया चापागाईले ५० हजार बराबरको निर्माण सामग्री र २५ सय रुपौयाँ नगद सहयोग गरेको बताईएको छ ।

  • dhankutapress

थप