Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

अवैध काठसहित चालक र ट्याक्टर प्रहरीको खोरमा

  •   ५ महिना अघि | २७ जेष्ठ २०८३, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ माथिल्लो आन्द्रुरुङबाट प्रहरीले रुद्राक्ष र सखुवा जातको अवैध काठ बरामद गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा रुद्राक्ष र सखुवा जातको काठसहित प्र.१–०–२–००३ त १७४४ नम्बरको ट्याक्टर र चालक महालक्ष्मी नगरपालिका वडा नं. ७ जितपुरका २९ बर्षिया विजय दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ट्याक्टरमा सालको चिरान काठ ६० थान अर्थातत ६९.१९ क्यूफिट फेला पारेको छ ।

ट्याक्टरमा प्रहरीले सालको बाकल १४ थान र रुद्राक्षको चिरान काठ १७ थान अर्थात ८.६९ क्यूफिट बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । प्रहरीले काठसहित ट्याक्टर र चालकलाई कारवाहीका लागि मंगलवार डिभिजन बन कार्यालय धनकुटामा बुझाएको छ ।

  • dhankutapress

थप