Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाका करवीर राईले ६६ वर्षको उमेरमा गरे एसईई पास

  •   ६ महिना अघि | २९ बैशाख २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/उमेरले मानिसलाई शारीरिक रूपमा वृद्ध बनाउन सक्छ तर सिक्ने इच्छा र आत्मविश्वास बलियो भए उमेर कहिल्यै बाधक बन्दैन भन्ने उदाहरण धनकुटाका ६६ वर्षीय करवीर राई बनेका छन् । वि.सं. २०१७ सालमा जन्मिएका राईले ६६ वर्षको उमेरमा एसईई परीक्षा उत्तीर्ण गर्दै धेरैका लागि प्रेरणादायी उदाहरण बनेका हुन् । राईको शैक्षिक यात्रा निकै लामो,संघर्षपूर्ण र धैर्यताले भरिएको छ ।

उनले पहिलो पटक वि.सं. २०४० सालमा साविक चुङवाङ गाविस, हाल पाख्रिवास नगरपालिका–१० स्थित भारती माध्यमिक विद्यालयबाट टेस्ट परीक्षा दिएका थिए । त्यसपछि त्यतिबेलाको एसएलसी परीक्षा दिएका थिए । त्यसबेला गणित, विज्ञान र भूगोल विषयमा असफल भएपनि अरु विषयमा राम्रो अंक ल्याएर पास गरेका थिए । त्यसपछि उनको पढाइ बीचमै रोकिएको थियो ।तर, मनभित्रको पढ्ने इच्छा भने कहिल्यै मरेन । गाउँमा निष्क्रिय बस्नुभन्दा केही नयाँ गर्ने सोचका साथ उनले पुनः अध्ययन सुरु गर्ने निर्णय गरे । राईका अनुसार उनले २०८० सालदेखि नियमित रूपमा परीक्षाको तयारी थालेका थिए । उनले धरानस्थित सगरमाथा डल्फिन कलेजबाट प्राइभेट फाराम भरेर अध्ययन अघि बढाएका हुन् । कठिन लाग्ने गणित र अंग्रेजी विषयका लागि ट्युसन पढे भने अन्य विषय स्वअध्ययनमार्फत् तयारी गरे । वि.सं. २०८० सालमा उनले पाँच विषयमा सफलता प्राप्त गरेका थिए । गतवर्ष गणित र अर्थशास्त्र विषयको परीक्षा दिएपनि अर्थशास्त्र उत्तीर्ण गरेको थिए । यस वर्ष गणित विषयमा समेत उत्तीर्ण भएपछि उनले एसईई पूरा गर्न सफल भएका हुन् ।पाख्रिवास नगरपालिका–७ घर भई हाल धनकुटा नगरपालिका–१ मा बसोबास गर्दै आएका राई सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्तित्व हुन् । वि.सं. २०४० सालमा बहुदल स्थापना भएपछि उनी साविक मुगा गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी ०६२/०६३ को आन्दोलन पछि नेपाल आदिवासी जनजाति महासंघ मुगा गाउँ समन्वय परिषदका अध्यक्ष समेत भएका थिए । उनको परिवारमा श्रीमती करुणा देवान, दुई छोरा, तीन छोरी तथा नाति–नातिनाहरू छन् । उनका जेठा नाति अहिले कक्षा ७ र जेठी नातिनी कक्षा ६ मा अध्ययनरत छन । नाति–नातिनासँगै हजुरबुबाले पनि परीक्षा उत्तीर्ण गरेपछि परिवारका सदस्यहरुमा खुसीयाली छाएको उनले बताए ।

एसईई उत्तीर्ण गरेपछि अब ११ र १२ कक्षा अध्ययन गर्ने इच्छा रहेको उनले व्यक्त गरेका छन् । धनकुटाको वातावरण राम्रो भएकाले यहीँको कुनै कलेजमा प्लस टु अध्ययन गर्ने योजना रहेको उनको भनाइ छ । करवीर राईको सफलताले सिक्ने कुनै उमेर हुँदैन भन्ने भनाइलाई पुनः प्रमाणित गरेको छ । उनी अहिले धेरै युवा विद्यार्थीहरुका लागि प्रेरणाको स्रोत बनेका छन् ।

  • dhankutapress

थप