धनकुटा प्रेस सम्वाददाता
धनकुटा/पूर्वाधार विकास कार्यालय भोजपुरमा कार्यरत एक राष्ट्रसेवक कर्मचारी माथि भएको सांगितिक हमलाको सर्बत्र निन्दा गरिएको छ ।
पूर्वाधार विकास कार्यालय भोजपुरमा कार्यरत सव–इन्जिनियर आनन्द कुमार शाहालाई सडक निर्माण आयोजनाको अनुगमन गर्न जाँदा गएको असार १५ गते सोमवार रामप्रसाद राई गाउँपालिका–७ को छापगाउँमा आक्रमण भएको थियो । उनलाई बांसिखोरा सडक खण्डको स्थलगत अनुगमन गर्ने क्रमम स्थानीय कामदारहरुको एक समूहले उनलाई आक्रमण गरेका थिए । उनी असार १५ गते विहान ९.३० बजे निर्माण स्थल भोजपुर–मानेभञ्ज्याङ्ग–बैकुण्ठे–वांसीखोरा–वालांखा–रानीटार सडक अन्तर्गत रामप्रसाद गाउँपालिकाको वडा नं.७ स्थित् छापगाउँ पुगेका थिए ।
शाहाले सडक निर्माणमा गुणस्तर कम भएको भन्दै गुणस्तर कायम गर्न निर्देशन दिँदै गर्दा स्थानीय कामदारहरुको एक समुहले सांघातिक आक्रमण गरि निर्घात कुटपिट गरेको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘घट्नापछि पूर्वाधार विकास कार्यालय भोजपुरको वातवरण भयवित बनाएको प्रति दुःख व्यक्त गर्दै घट्नाको घोर भत्सर्ना गर्दछौं ।‘–जारी विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक सेवा प्रवाह गर्ने क्रममा फिल्डमा खटिएको राष्ट्रसेवक कर्मचारी माथि यस्तो खाले हिंसात्मक, अमर्यादित् तथा अराजक गतिविधि कुनैपनि दृष्ट्रिकोणबाट स्वीकार्य नहुने र घट्नाले कर्मचारीको काम गर्ने मनोबल गिरेको साथै सुरक्षिति र मर्यादित् कार्य गर्ने बातवरणमाथि गम्भिर चुनौति थपिएभन्दै विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ । यस प्रकारको गैरकानूनी तथा अपराधिक घट्नामा संलग्न ब्यक्तिमाथि तत्काल निष्पक्ष छानविन गरि प्रचलित कानून वमोजिम कडा भन्दा कडा कार्वाही गर्न सम्वधित् निकाय समक्ष पूर्वाधार विकास कार्यालय भोजपुरले जोडदार माग गरेको छ । कुटपिटबाट घाईते शाहाको विराटनगर स्थित् एक अस्पतालमा स्वास्थ्य उपचार भईरहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी उक्त घट्नाको पूर्वाधार विकास कार्यालय धनकुटाले पनि भत्सर्ना गर्दै दोषी उपर कडाभन्दा कडा कार्वाहीको लागि स्थानिय प्रशासनसंग मागगर्दै विज्ञप्ति जारी गरेको त्यहाँ कार्यरत कुलनन्द चौधरीले जानकारी दिएका छन् । उनले भनेका छन्–‘दोषीलाई कानूनी कार्वाही र भोली दिनमा त्यस्तो खाले घट्ना नदोरिने गरी स्थानिय प्रशासन र सम्वन्धित् निकाय लागोस ।‘
- dhankutapress