Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाका छ वटा स्थानीय तहले ल्याए बजेट

  •   ४ महिना अघि | १२ असार २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले हरेकबर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार धनकुटा ७ वटा स्थानीय तहमध्ये एउटा स्थानीय तहले बजेट ल्याउन सकेन ।

धनकुटाका ६ वटा स्थानीय तहले भने तोकिएको समय सिमामा आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा काम विशेषले काठमाडौ जान परेकोले निर्धारित समयमा बजेट प्रस्तुत गर्न नसकिएको जनाएको छ ।

असार १० गते भन्दा अगाडी नै धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाले नगरसभा गरेर बजेट ल्याइसकेका थिए भने महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका, चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले असार १० गते बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटअनुसार धनकुटा नगरपालिकाले सबैभन्दा ठूलो अर्थात् ७६ करोड ८६ लाख २३ हजार रुपैयाँको र सहिदभूमि गाउँपालिकाले ४७ करोड ९५ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेका छन् । यसैगरि महालक्ष्मी नगरपालिकाले ६५ करोड २३ लाख ९३ हजार रुपैयाँको, पाख्रिबास नगरपालिकाले ६१ करोड ३७ लाख ७६ हजार ९ सय ९७ रुपैयाँको, चौविसे गाउँपालिकाले ५५ करोड ८८ लाख ९९ हजार ४ सय ४५ रुपैयाँको र साँगुरीगढी गाउँपालिकाले ५९ करोड १९ लाख ४६ हजार रुपैयाँ अनुमानित आयव्यय सार्वजनिक गरेका हुन् । महालक्ष्मी नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको नगर प्रमुख ध्रुवराज रायले जानकारी दिए । पाख्रीबास नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका साथै अपांगता रोकथाम, मलामी खर्च विपन्न परिवारलाई उपचार खर्च सहायतालाइ प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले बताए । चौविसे गाउँपालिकाले पनि कृषि, शिक्षा, र पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ । यस्तै साँगुरीढी गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । 

  • dhankutapress

थप