धनकुटा प्रेस सम्वाददाता
धनकुटा/राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाको छैटौं धनकुटा जिल्ला स्तरीय भेला तथा अधिवेशनले मोहन तुम्साको अध्यक्षतामा २० सदस्यीय जिल्ला समिति गठन गरिएको छ। पहिचानवदाी नेता एवं कोशी नाम खारेज संघर्ष समितिका संयोजक डकेन्द्र थेगीमको प्रमुख आतिथ्यमा शुक्रवा। सम्पन्न जिल्ला भेलाको बन्द सत्रले समितिको उपाध्यक्ष नरबहादुर माङ्यक, नरजित युङ्सा, सचिब भुपलशिङ लिम्बु, सह–सचिबदय जगत चेम्जोङ, लिलोक तुम्सा र कोषाध्यक्ष पेलिहाङ्मा लिम्बु चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भीममाया लिम्बु, लिलिङ बिष्णु लिम्बु, सरकुमार राइ, सुरज तुम्सा विक्रम थेगीम, शान्ती देवी लिम्वू, टेकरानी लिम्वू, मोहनसिं लिम्वू, दौलतमान लिम्वु, गंगाहाङ्ग तिगेला, बागवीर मादेन, डम्वर वहादुर लिम्वू र शान्ता याखा गरी जम्मा २० सदस्सीय जिल्ला समिति बनेको नवनिर्वाचित अध्यक्ष मोहन तुम्साले बताए । जिल्ला सदस्यमा चयन र्भका सरकुमार राईले भने आफू श्रमसंस्कृति पार्टी धनकुटामा कोषाध्यक्षमा रहेकाले समितिको सदस्यमा आफ्नो नाम राखेकोमा आपत्ती जनाएका छन् ।
- dhankutapress