धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धरान धनकुटा राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका वडा नं. ९ मुलघाट नजिकै च्याङच्याङबारीमा बस दुर्घटना भएको हो ।
संखुवासभादेखि सुनसरीको धरान जाँदै गरेको को. १ ख. ७७८८ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । बस सडकमा पल्टिएपछि अवरुद्ध बनेको कोशी राजमार्गको धनकुटा मुलघाट खण्ड एकतर्फि रुपमा सञ्चालनमा आएको छ । दुर्घटनामा परि १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । बसमा १५ जना यात्रु सवार रहेकोमा १२ जानै घाइते भएको उनले जानकारी दिए । घाइतेको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा सुनसरीको धरान–११ बस्ने २८ वर्षीय सबिता थापा, उनकी छोरी वर्ष अन्दाजी १६ वर्षीय आरुसि थापा, मोरङ्ग सुन्दरहरैचा नगरपालिका–११ बस्ने अन्दाजी २६ वर्षीय अमृता तामाङ, उनकी छोरी अन्दाजि ३ वर्षीय सृयान्सी तामाङ, संखुवासभा धर्मदेवी नपागरपालिका–१, बस्ने ३४ वर्षीय अनिसा कटुवाल, धनकुटा महालक्ष्मी नगरपालिका–६ बस्ने २५ वर्षीय संगिता राई रहेका छन् ।
यस्तै गरी संखुवासभा धर्मदेवी नगरपालिका–१, बस्ने अन्दाजी ११ वर्षीय पवित्रा कटुवाल, मोरङ्ग कानेपोखरी गाउँपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय चक्र बहादुर तामाङ, संखुवासभा धर्मदेवी नगरपालिका–३ बस्ने अन्दाजी १५ वर्षीय संजिला खत्री र सोही ठाउँका सहचालक अन्दाजी ३५ बर्षीय ईन्द्र बहादुर तामाङ र संखुवासभा धर्मदेवी–१ बस्ने अन्दाजी ५० बर्षिय देविमाता कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक भण्डारी क्षेत्रीले जानकारी दिए ।
- dhankutapress