धनकुटा प्रेस सम्वाददाता
धनकुटा/महिला सशक्तीकरण बिना नेपाली समाजको विकास सम्भव नहुने सनिबार धनकुटामा आयोजित एक अन्तरक्रिया कायृक्रममा सहभागी बक्ताहरुले जोड दिएका छन् । उनीहरुले जव महिलाले अवसर पाउँछन्, तब मात्र समाज पनि द्र्रुत गतीमा अगाडी बढ्नेमा ठोकुवा गरेका छन् ।
११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धनकुटा नगरपालिकाले सरोकारवालाहरु माँझ आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रम उनीहरुले यस्तो सुझाएका हुन् । “Rights. Justice. Action. For All Women and Girls” भन्ने मूल नाराका साथ आयोजित अन्तरक्रिया कार्यक्रम धनकुटा नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तिकरणका विषयमा अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल धनकुटाकी अध्यक्ष सुमना तिम्सिना, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, पुरुष संजाल धनकुटा नगरका अध्यक्ष धनवहादुर खड्का, अन्तरपार्टी महिला संजाल धनकुटाकी अध्यक्ष अम्बिका धमला, लेडी जेशिषका अध्यक्ष टिका राई लगायतले बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका प्रशासकिय अधिकृत दसरथ राईले घरेलु हिंसा र सामाजिक समश्या र चुनौतीहरुको बारेमा सहजीकरण गरेका थिए । अधिकृत राईले धनकुटा नगरपालिकाले लैगिक हिंसा न्यूनिकरणको लागि संचालन गरिरहेको विविध कार्यक्रमको बारेमा जानकारी गराएका थिए । त्यसैगरी महिला विकास अधिकृत फुलमाया तामाङले अन्तरािष्ट्रय महिला दिवसको अवसरमा आयोजना गरिएको कायृक्रमको औचित्य माथि प्रष्ट पारेका थिए ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, महिला समूहका सदस्य, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तह, सरकारी निकाय तथा समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए । कार्यक्रमका क्रममा समाजमा उल्लेखनीय योगदान पुर्याएका संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो । संस्थागततर्फ अन्तरपार्टाी महिला सञ्जाल, महिला पुनःस्थापना सेवा केन्द्र धनकुटा, पारालिगल सहयोग समिति धनकुटाका अध्यक्ष कोपिला शंकर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र जिप्रका धनकुटाका अनिल परियार, सीता दुलाल, नगरगान रचनाकार शान्ता ढकाल, ढाका उद्यमी बेणु कुमारी खड्का तथा महिला सीप विकास प्रशिक्षक रेणु श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै सामाजिक सेवामा सक्रिय महिलाहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा डोरेश्वरी आठपहरिया, अचार उद्यमी निर्मला भट्टराई, अनिता राई, कुमारी दर्जी, नरमाया राई, रविना राई र जानुका सुन्दास रहेका छन् । कार्यक्रम धनकुटा नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रममा महिला हिंसा न्यूनीकरण, समान अवसर सुनिश्चितता तथा सुरक्षित समाज निर्माणका विषयमा छलफल गरिएको थियो । धनकुटा लेडी जेसीसले पनि सो अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको थियो ।
- dhankutapress