Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

निरासामा परेका यूवाहरुलाई आशा जगाउन जय नेपाल फाउण्डेसनको अभियान

  •   ५ महिना अघि | १७ जेष्ठ २०८३, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/विभिन्न कारणले निरासामा परेका यूवाहरुलाई आशा जगाउने उदेश्यले जय नेपाल फाउण्डेसनले ‘जय नेपाल यात्रा–२०८३‘ नाम दिएर अभियान संचालन गर्ने भएको छ । 

‘उत्पादन, संस्कृति र आर्थिक राष्ट्रवाद्, नेपाली कांग्रेसमा अन्तर सम्वाद‘ भन्ने मुल नाराको साथ देशव्यापी रुपमा अभियान संचालन गर्न आईतबार धनकुटामा कार्यक्रमको समुद्धघाटन गरिएको छ । नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई र जय नेपाल फाउण्डेसनका केन्द्रिय अध्यक्ष बद्री अर्यालले पानसमा बत्तिबालेर ‘जय नेपाल यात्रा–२०८३‘ अभियानको समुद्धघाटन गरेका हुन् ।   अभियानले विभिन्न कारणले निरासामा परिणत भएर विदेस पलायन हुने यूवाहरुलाई स्वदेश मै बसेर उद्यमशिल व्यवसायी बन्न पे्ररणा मिल्ने जय नेपाल फाउण्डेसनका केन्द्रिय उपाध्यक्ष यशोदा दाहालले बताईन । उनले जुनसुकै विचार र सिद्धान्तको पछि व्यक्ति लागेको भएपनि जय नेपाल यात्रा–२०८३ ले उद्यमी व्यवसायी बन्न सहयोग गर्ने बताउँदै कार्यक्रमको औचित्य माथि प्रकास पारेकी थिईन ।  जय नेपाल फाउण्डेसन धनकुटाका अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा सम्पन्न अन्तर सम्वाद कार्यक्रमलाई नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई, फाउण्डेसनका केन्द्रिय अध्यक्ष बद्री अर्याल, संविधानसभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई, नेपाली कांग्रेस धनकुटाका सचिव जयन्द्र घिसिङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले सम्वोधन गरेका थिए । अभियान सातै प्रदेस र ७७ वटै जिल्लामा संचालन गरिने बताइएको छ । सो अवसरमा चर्चित राष्ट्रिय गायक विमलराज क्षेत्रीले मिठा, मिठा सपना साकार पारेर, जापन टोकियो, रुमालैमा लगायत सांगितिक प्रश्तुती पस्केर कार्यक्रममा सहभागीलाई मनोरञ्जन दिलाएका थिए ।   

  • dhankutapress

थप