Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

दिगो विकास लक्ष्य प्राप्तिका लागि सरोकावालाहरुसंग धनकुटा नगरपालिकाको परामर्श गोष्ठी

  •   ५ महिना अघि | २४ जेष्ठ २०८३, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिकाको दिगो विकास लक्ष्य (एसडीजी) नीति तथा बजेटमा कार्यान्वयन गर्न प्रथम स्थानिय स्वैच्छिक मुल्याङ्कन सरोकारवालाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ मा घोषणा गरेको दिगो विकास लक्ष्यलाई स्थानीय तहसम्म प्रभावकारी रुपमा कार्यान्वयन गर्न धनकुटा नगरपालिकाले तथ्यमा आधारित योजना निर्माण र समुदायको सहभागिता बढाउने उदेश्यले यो परामर्श गोष्ठी आयोजना गरेको हो । गोष्ठीको समुद्धघाटन जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तामाङले गरेका थिए । आइसिएलइआई साउथ एसियाको सहयोगमा सम्पन्न परामर्श गोष्ठीमा स्थानीय तहहरु विकासका प्रमुख आधारका रुपमा स्थापित भईरहेका बेला नगरपालिकाले हाल दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये विशेषगरी गरिबी निवारण, गुणस्तरीय शिक्षा, स्वास्थ्य जीवन तथा लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै काम गरिरहेको जनाएको छ । यसका लागि आधारभूत तथ्याङ्गक संकलन गरी आगामी दिनमा अपनाउनुपर्ने नीति, योजना, सम्भावना र चुनौतीबारे छलफल तथा सुझाव संकलन गरिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्गक अनुसार स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । गर्भवती, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर शून्यमा झारिएको दाबी गरिएको छ । खोप सेवाको पहुँच शतप्रतिशत पुगेको छ भने ९९ दशमलव ७४ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराउने गरेका छन् । यसलाई स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण र जनचेतनाको सकारात्मक परिणामका रुपमा हेरिएको छ । खानेपानी तथा सरसफाइतर्फ पनि प्रगति देखिएको छ । नगरपालिकाका अनुसार ९२ प्रतिशत उपभोक्ताले धाराको पानी प्रयोग गरिरहेका छन् भने ८४ प्रतिशत नागरिक सुरक्षित शौचालयको पहुँचमा पुगेका छन् । स्थानीय तहले स्वास्थ्य, सरसफाइ र सुरक्षित पानीलाई नागरिकको आधारभूत अधिकारका रुपमा स्थापित गर्न थालेको संकेत यी तथ्याङ्गकले दिएको नगरपालिकाले जनाएको छ ।तर. उपलब्धिसँगै चुनौती पनि उत्तिकै गम्भीर देखिएका छन् । नगरपालिकामा अझै ११ दशमलव ३ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्गकले आर्थिक असमानता अझै कायम रहेको देखाएको छ । नगरपालिकाका सूचना अधिकारी समेत रहेका आर्थिक विकास अधिकृत अधिकारीका अनुसार रोजगारी सिर्जना गर्न नसक्नु, आर्थिक स्रोतको अभाव, बढ्दो बसाइँसराइ, जलवायु परिवर्तन, प्रविधिको सीमित पहुँच तथा चेतनास्तरमा असमानता दिगो विकास लक्ष्य प्राप्तिका मुख्य चुनौती रहेका छन् । 

विशेषगरी युवा जनशक्ति विदेश पलायन भइरहँदा स्थानीय उत्पादन र श्रमशक्तिमा असर परेको सरोकारवालाहरूको भनाइ छ । कृषि तथा साना उद्यमलाई आधुनिक प्रविधिसँग जोड्न नसक्दा आर्थिक विकासको गति अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको अस्थिरताले ग्रामीण समुदाय थप प्रभावित बन्दै गएको तथ्यांकले देखाएको छ ।परामर्श गोष्ठीमा सहभागीहरूले दिगो विकास लक्ष्य प्राप्ति केवल सरकारी योजना मात्र नभई समुदाय, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको बताएका छन् । उनीहरुले स्थानीय आवश्यकता र वास्तविकतामा आधारित योजना निर्माण गर्नुपर्ने, प्रभावकारी बजेट व्यवस्थापन गर्नुपर्ने तथा जनसहभागिता बढाउनुपर्नेमा समुहगत छलफलबाट निस्कर्ष निकालेका छन् ।संयुक्त राष्ट्रसंघले विश्वभर गरिबी अन्त्य, गुणस्तरीय शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, स्वच्छ पानी, बातावरण संरक्षण र समृद्ध समाज निर्माणका लागि १७ वटा दिगो विकास लक्ष्य तय गरेको छ । नेपाल सरकारले पनि संघ, प्रदेश र स्थानीय तहमार्फत सोही अवधारणाअनुसार कार्यक्रम सञ्चालन गर्दै आएको छ । सन् २०३० भित्र यी लक्ष्य हासिल गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता रहेकाले स्थानीय तहहरुको भूमिका अझ महत्वपूर्ण रहने बताइएको छ ।

नगरपालिकाले परामर्श गोष्ठीबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरी आगामी योजना तथा कार्यक्रम निर्माण गर्ने जनाएको छ । स्थानीय तहमा तथ्यमा आधारित नीति, पारदर्शी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न सके दिगो विकास लक्ष्य प्राप्ति सम्भव हुने अपेक्षा गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । उनले दिगो विकास लक्ष्य २०३० पुरागर्न अबको ४ वर्षमा के गर्न सकिन्छ भनेर सरोकारवालाहरुसंग परामर्श गोष्ठी आयोजना गरिएको स्पष्ट पारेका छन् । 

  • dhankutapress

थप