Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा यात्रुवाहक बस दुर्घटना हुँदा तीनजना घाइते

  •   ३ महिना अघि | ३१ साउन २०८३, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान करिब ११ः१५ बजे धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकको छेउमा दुर्घटनामा परेको हो ।दुर्घटनाको भएको थाहा भएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा तेह्रथुमको छथर गाउँपालिका–१ की ११ वर्षीया नुमा लिम्बू, छथर गाउँपालिका–४ का ६९ वर्षीय कविराज थापा र सोही ठाउँकी ५६ वर्षीया शुकमाया लिम्बू घाइते भएका छन ।उनीहरूको शरीरमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले बताए । घाइते तीनै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । अन्य घाईते समान्य रहेको प्रहरीले जनाएको छ । 

  • dhankutapress

थप