धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.३ कागतेचौकमा सोमवार देखी प्रथम सुन्तला, एभोकाडो तथा फलफुल महोत्सव शुरु भएको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रथम सुन्तला, एभोकाडो तथा फलफुल महोत्सवको औपचारिक रुपमा समुद्धघाटन गरेका छन् । कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख तामाङले भने–‘धनकुटा नगरलाई फलफुल खेती मार्फत आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ ।’ उनले हरेक वडामा फलफूल खेतीको सम्भावना रहेकाले सोही अनुसार नगरपालिकाले कार्यक्रम बनाएर फलफूल खेतीको लागि अघि बढिरहेको जानकारी दिए । नगर प्रमुख तामाङले थपे–‘धनकुटा नगर फलफुल खेतीका लागी उपयुक्त वातवरण र हावापानी भएकाले सवै वडाका कृषकहरुलाई फलफुल खेतीमा आर्कषित गरी धनकुटा नगरलाई आर्थिक रुपमा समृद्ध बनाउने सकिन्छ ।’
धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले वडा कार्यालयको पहलमा पहिलो पटक फलफूल किसानलाई हौसला प्रदान गर्न सुन्तला एभोकाडो र फलफूल महोत्सव आयोजना गरिएको स्पष्ट पारे । उनले आगामी वर्ष देखी वडाको सहयोगमा स्थानिय समृद्ध यूवा क्लबको आयोजनामा निरन्तर कार्यक्रम गर्ने बताए ।
समृद्धी यूवा क्लव धनकुटा न.पा.–३ का अध्यक्ष महोन खान ठकुरीको अध्यक्षतामा सम्पन्न भएको महोत्सव उद्धघाटन कार्यक्रममा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, धनकुटा नगर कार्यपालिका सदस्य मञ्जु कार्की, भाषा माविका प्रधानाध्यापक गोविन्द राई, राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र पारिपात्ले धनकुटाका कुमार कोईराला, यूवा समाजसेवी लक्षमण घिमिरे लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।

- dhankutapress