धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा हालसम्म ३ सय ३० भन्दा बढी सहकारी संस्था क्रियाशील रहेको एक तथ्याङ्गकले देखाएको छ ।
ति सहकारी संस्थाहरुमा ३७ हजारभन्दा बढी सदस्यहरु आबद्ध रहेका छन् । साथै जिल्लामा ४२ वटा सहकारी संस्था महिलाहरुले मात्र नेतृत्व गरेर सञ्चालन गरिरहेका छन्। यस्तो तथ्यांक जिल्ला सहकारी संघ धनकुटाको १४औं बार्षिक साधारणसभामा संघ जिल्ला अधयक्ष खगेन्द्र सुवेदीले सोमवार सार्वजनिक गरेका हुन् । यतिधरै सहकारी संस्थाहरु धनकुटामा रहेपनि सहकारी सिद्धान्तमा आधारित भएर संचालनमा आएको पाइएको छैन । यस्को मुख्य कारक तत्व भनेको सहकारी संचालकहरु आफैले शेयर सदस्यहरुले नियमित जम्मा गरेको निक्षेप आफै अपचलन गर्नुले हो । यस्तो अवस्थासम्म सहकारी पुगेकी सर्वसाधरणले दुःख गरेर जम्मा गरेको निक्षेप रकम भाका पुग्दा पनि भुक्तानी गर्न सक्दैन्न ।
अध्यक्ष सुवेदीले संस्थाको संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय केही सहकारी सञ्चालकले नियोजित रुपमा सहकारीमार्फत रकम ठगी गर्दा समग्र सहकारी क्षेत्रप्रति जनविश्वास घट्दै गएको उल्लेख गरे । उनले सहकारीको मूलमर्म विपरीतका गतिविधिले समस्या सिर्जना गरेको भन्दै सुधार र अनुशासन आवश्यक रहेको बताए ।
यस्तै साधारणसभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिम्सिनाले जिल्ला सहकारी संघको वर्षभरीको आय–व्यय बिबरणसहितको लेखा परीक्षण प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संघको आर्थिक अवस्था, आम्दानी तथा खर्चको बिवरण समेटिएको थियो ।१ ४औं बार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै प्रदेश सभा सदस्य एवं मन्त्री निरन राईले जिल्ला सहकारी संघ धनकुटाको गतिविधि समग्रमा सकारात्मक रहेको बताए । उनले सहकारीमार्फत बचतकर्ताहरु ठगिएको गुनासो बढ्दै गएको सन्दर्भमा सहकारी संघले आवश्यक पहल र कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
साथै, सहकारीलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उनले बताए । साधारणसभामा विभिन्न विषयगत सहकारीका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, सहकारीका सल्लाहकारहरुको तर्फबाट सुलभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङ्ग लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिक साधरणसभाको बन्द सत्रले अध्यक्ष सुवेदीको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ भने लेखा सुपरिवेक्षण समितिका संयोजक तिम्सिनाले प्रस्तुत गरेको आय–व्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन पनि स्वीकृत गरेको छ ।
- dhankutapress