धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा मंगलबारबाट सुरु हुने औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सवको तयारी अन्तीम चरणमा पुगेको छ ।
मंगलबारबाट सुरु हुने औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवको तयारी अन्तीम चरण पुगेको बताइएको छ । औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितरणका लागि सामाग्री राखिने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै, धनकुटाका विभिन्न स्थानमा रहेका पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी समेत रहने र कृषि तथा उद्यमीहरुको लागि पुरस्कार वितरण लगायतका कार्यक्रम समेत समेटिएको श्रेष्ठले बताए ।
कोशी प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने गरि धनकुटामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको मेला आयोजक समितिका संयोजक विजय सन्तोषी राईले बताए । कार्यक्रमको उद्धघाटन कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले गर्ने समेत आयोजकले जनाएको छ ।
- dhankutapress