Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

लगानी गरेको साँवा र ब्याज नउठेपछि शेयर सदस्यले पाएनन् लाभांश

  •   १० महिना अघि | ४ माघ २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा वचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटा–७ ले २१ औं बार्षिक साधरणसभामा वुधवार सम्पन्न गरेको छ । 

सहकारीले लगानी गरेको ऋण नउठ्दा शेयर सदस्हरुलाई यो वर्ष पनि लाभांश वितरण गर्न नसकिएको धनकुटा सहकारीका अध्यक्ष खेमनाथ घिमिरेले साधरणसभामा जानकारी दिएका छन् । उनले लगानी नउठेको कारण यो वर्ष पनि लाभांश वितरण गर्न नसकिएको सहभागी शेयर सदस्यहरुलाई जानकारी गराएपछि शेयर सदस्यहरु हिस्स मात्र परेरन्न उनीहरुले सहकारी संचालकहरुसंग घम्साघम्सी नै गरेका छन् । हरेक बर्ष आयोजना हुने सहकारीको वार्षिक साधरणसभाले शेयर सदस्यहरुलाई आफ्नो लगानीको १५ प्रतिसतसम्म शिक्षा, स्वास्थ्य उपचार खर्च भनेर लाभांश दिने गरेका थियो ।तर, अघिल्लो वर्ष झै यो वर्ष पनि १ पैसा लाभांश नपाएका सहकारीका शेयर सदस्यहरुले एकै श्वरमा भने–‘ज–जस्ले सहकारीको ऋण खाएर साँवा व्याज फिर्ता गरेका छैन्न, तिनलाई ऐन बमोजिम हदैसम्मको कार्वाही गर्नु पर्छ ।’ उनीहरुले एकै श्वरमा थपे–‘सहकारीमा संचालकहरुले ऋण चलाउँदा कति चलाउने, शेयर सदस्यहरुले कतिसम्म चलाउने भन्ने मापदण्ड बनाएर मात्र ऋण लगानी गर्नु पर्छ ।‘ नियमित निक्षेप जम्मा गर्ने शेयर सदस्यहरुको भाका पुगेको रकम भाका पुग्ने वित्तिकै तत्काल फिर्ता नगर्ने हो भने सहकारी संचालकहरु जिम्मेवारीमा बसीरहनुको औचित्य नहुने भन्दै उनीहरुले आक्रोस पोखेका थिए । 

        साधरणसभामा धनकुटा बचतका संचालक समितिका उपाध्यक्ष समेत रहेका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदीले भने–‘पैसा देखेपछि महादेवको तिन नेत्र भने झै सहकारीका संचालकहरुले नै शेयर सदस्यहरुले जम्मा गरेको पैसा आफै चलाएर हिनामिना गरेका छन् ।’ सहकारीमा शेयर सदस्यहरुले जम्मा गरेको निक्षेप हिनामिना गर्नेहरुबाट जसरी भएपनि कानुन बमोजिम अशुल उपर गर्छु, जस्का लागि शेयर सदस्यहरुले साथ दिनु पर्छ ।’ उनले भने–‘अघिल्लो बर्ष सहकारीको २० औं साधरणसभामा ऋण खाएर नतिर्ने खराव ऋणिहरुको नाम सार्वजानिक गरेर नियम बमोजिम कार्वाहीको लागी प्रक्रिया अघि वढाएका छौं ।‘ ‘सहकारीको गिरोह बनेर शेयर सदस्यहरुको पैसा खाएर भूमिगत भएका खराब ऋणिहरुलाई म कुनै पनि हालतमा छोड्नेवाला छैन’–अध्यक्ष सुवेदीले भने । २१ औं वार्षिक साधरणसभामा अध्यक्ष खेमनाथ घिमिरेले सहकारी संस्थाको तर्फबाट प्रगती प्रतिवेदन प्रश्तुत् गर्दै आ.व.०८१÷०८२ को वार्षिक वित्तिय कारोवारको बारेमा जानकारी गराएका छन् । उनले ०८२ सालको असार मसान्तसम्ममा २ करोड, ४३ लाख, ८९ ह्जार, ८ सय, ८३ रुपयाँ निक्षेप संकलन भएको बताए । उनले सहकारीको अघिल्लो बर्षसम्म १ हजार भन्दा वढी शेयर सदस्य रहेकोमा यो बर्ष आएर ८ सय, ७७ जना मात्र रहेको जानकारी गराए । त्यसैगरी आ.व.को अन्त्यसम्ममा शेयर पूँजी १ करोड, ७ लाख, ४५ हजार रुपयाँ रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । 

        सो अवसरमा संस्थाका सचिव खजिन्द्र राईले आ.व.०८१/०८२ मा पुँजी निर्माण तर्फ लगानी ९२ लाख, ११ हजार, ३ सय, ६८ रुपयाँ, निक्षेप संकलन ५ करोड, ७७ लाख, ९१ हजार, ५ सय ७० रुपयाँ रहेको बताए । त्यसैगरी निक्षेप फिर्ता ६ करोड, १६ लाख, ७० हजार, ३ सय, २९ रुपयाँ सचिव राईले बताएका छन् । यसरी हेर्दा पुँजी निर्माण तर्फ आ.व.०८१/०८२ मा जम्मा १४ करोड, ६२ लाख, ७६ हजार, ७ सय ७५ रुपयाँ पुगेको देखिएको छ । त्यसको अतिरिक्त शेयर फिर्ता ५ लाख, २८ हजार गरेको पाइएको छ । त्यसैगरी आम्दामी तर्फ जम्मा ४५ लाख, ४७ हजार, ६ सय ५४ रुपयाँ रहेको छ । लगानीबाट ब्याज प्राप्त ४ लाख, ४३ हजार, ७ सय, ६१ रुपयाँ, कर्जा व्यवस्थापन शुल्क बापत १ लाख, १४ हजार, ४ सय, ७३ रुपयाँ पुगेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी खर्च तर्फ आ.व. ०८१/०८२ मा शेयर लाभांस वितरणको लागि १६ लाख रुपयाँ प्रस्ताव गरेको भएपनि एक रुपयाँ पनि शेयर लाभांस वितरण गरिएन । आगामी वर्षको ०८२/०८३ को लागि पनि १५ लाख रुपयाँ प्रस्ताव गरिएको छ । यसरी जम्मा खर्च आ.व.०८१/०८२ मा १ करोड, ८ लाख, १४ हजार, ३ सय ३५ रुपयाँ भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । आगामी वर्ष ०८२/०८३ को लागि १ करोड, ४५ लाख, ५ हजार प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएको जम्मा खर्चमा २० लाख रुपयाँ तलब र संचयकोष खर्चलाई छुट्याइएको छ ।   

सो अवसरमा संस्थाका लेखा समिति सदस्य ठगेन्द्र प्रसाद अधिकारीले आ.व.०८१/०८२ को लेखा समितिको प्रतिवेदन प्रश्तुत् गरेका छन् । उनले प्रतिवेदनमा वित्तिय विश्लेषण गरिएको छ । सहकारीको २ करोड, ४७ लाख, ३७ हजार, ९ सय, ८३ जम्मा ऋण देखाइएको छ । तर, ऋण तिर्ने सहकारीको आम्दामीको रुपमा रहेको शेयर तथा अन्य लागनी भने १५ लाख, ७८ हजार, २ सय ६७ रुपयाँ मात्रा छ । यसरी हेर्दा आम्दामी भन्दा खर्च वढी स्वभाविक रुपमा देखिन्छ ।त्यसैगरी वचत २ करोड, ४३ लाख, ८९ हजार, ८ सय, ८३ रुपयाँ छ भने ऋण लगानी ५ करोड, ६९ लाख, ६९ हजार रहेको छ । हालसम्म   मौजुदा रहेको सहकारीको शेयर पुँजी १ करोड, २ लाख, ७४ हजार, ५ सय छ । लेखा समिति सदस्य अधिकारीले संस्थागत विकासको लागि सहकारीको संचालक समितिलाई दिएको सुझाव एवं सल्लाह अक्षरस पालना भएको पाइएको बताए । सहकारीका अध्यक्ष खेमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न २१ औं साधरणसभामा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी रहेका थिए ।

      सहकारीले लाभांश वितरण नगरेसंगै शेयर सदस्यहरुलाई उत्कृष्ठ वचत कर्ता, उत्कृष्ठ ऋणी, उत्कृष्ठ शेयर खरिद गरेवापत र उत्कृष्ठ निक्षेपकर्ताको सम्मान एवं पुरस्कार वितरण सहकारीको तर्फबाट गरिएन । कार्यक्रमको संचालन समिति एवं लेखा समितिका सदस्य ठगेन्द्र अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सदस्य धुममाया राईले राखेको थिए । अधिकांस शेयर सदस्यहरुले पछिल्लो समयमा सहकारीका संचालकहरुकै कारण सहकारी डुब्दै गएको र सहकारीहरु प्रति आकर्षण घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   

  • dhankutapress

थप