धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकाले धनकुटा नगरपालिका भित्र संचालित सहकारी संस्थाबाट लिएको ऋण समयमा फिर्ता नगर्ने सहकारीका सदस्यहरू माथि कानुनी प्रक्रिया अघि बढाउन सहकारीहरु धनकुटा नगरपालिकाले निर्देशन गरेको छ ।
सहकारी संस्थाबाट लिएको ऋण समयमा फिर्ता नगर्दा सहकारी संस्थाहरुमा तरतला भइ आर्थिक क्रियाकलापमा गर्न गम्भिर समस्या सिर्जना भएको भन्दै नगरपालिकाले ऋण अशुली प्रक्रिया कानुनी रुपमा अघि बढाउन धनकुटा नगरका सहकारीहरुलाई अनुरोध गरेको हो । ऋण नउठेको कारण देखाउँदै धनकुटा नगरका सहकारीले बचत कर्ताको बचत फिर्ता गर्न आनाकानी गरिरहेको बेला सहकारी संस्थाबाट लिएको ऋण समयमा फिर्ता नगर्ने सदस्यहरू माथि कानुनी प्रक्रिया अघि बढाउन धनकुटा नगरपालिकाले सोमवार एक सूचना जारी गरेर निर्देशन दिएको हो ।
धनकुटा नगरपालिकाले ऋण नतिर्ने ऋणीलाई ३५ दिनको सुचना दिई सावाँ व्याज तिर्ने समय दिन, पत्राचार गर्न, कानुन अनुसार धितो लिलाम प्रकृया अगाडी बढाउन र कालो सुची तयार गर्न सूचना जारी गरेको हो । सहकारीहरुल लगानी नउठेको वहाना वनाउने र ऋणीले राजनीतिक दलको केही नेताहरुको संरक्षण ऋण खाको खाकै पार्ने अवस्था सृजना भएपछि धनकुटा नगरपालिकाको यहि असार २७ गते वसेको कार्यपालिकाको वैठकको निर्णयनुसार निर्देशन जारी गरिएको प्रमुख प्रसाशकिय अधिकृत दशरथ राईले जनाकारी दिए ।
धनकुटामा स्थापित हातले टाउको मजाले गन्न सकिने सहकारीका संचालकहरुले नै सहकारीको करोडौं रुपयाँ चलाएर अपचलन, हिनामिना गरेको कारण यस्तो अवस्था सृजना भएको एक सहकारी पिडितले गुनासो गरेका छन् । उनले आफ्नो नाम नछाप्ने सर्तमा भने–‘धनकुटाका सहकारी संचालकहरुले सर्वसाधरणबाट संकलन गरेको निक्षेप रकम आफै मनखुशी चलाउने, गाडी किन्ने, घर बनाउने, घडेरी किन्ने र छोराछोरी बिदेस पठाउनेसम्म गरेका छन् ।’
‘नगरपालिकाले सूचना मात्र जारी गरेर हुँदैन् पहिलो नम्वर सर्बसाधरणको करोडौं रकम अपचलन गर्ने सहकारीका संचालकहरुलाई ठाउँको ठाउँ कार्वाहीको प्रक्रिया अघि वढाउनु पर्छ’–उनले भने । कतिपय अवस्थामा संहकारी संचालकहरुले राजनीतिक इगो साँचेर व्यवहार गर्ने गरेको पाइएको पनि ति पिडितले बताएका छन् । धनकुटा नगरमा रहेका दर्जनौ सहकारीहरुमा ऋण लगानी नउठ्ने, निक्षेप कर्ताले भनेको बेला भाका पुगेको रकम फिर्ता नपाउने, संचालक स्वयमले सर्वसाधरणको निक्षेप रकम चलाएर हिनामिना गर्ने, धितो वन्धक राखेरै ऋण चलाउनेलाई सहकारीहरुले कानूनी दायरमा ल्याउन राजनीतिक दलको संरक्षणको कारण आनाकानी गर्ने जस्ता भ्रष्ट कार्य हुन थालेपछि धनकुटा नगरपालिकाले ऋण अशुली सम्वन्धी कार्यापालिकाले निर्णय नै गरेर निर्देशन जारी गरेको हो ।
सुचना अनुसार प्रकृया अगाडी नबढाउने सहकारीलाई समेत कारबाही गरिने नगरपालिकाले जनाइएको छ । अधिकांश धनकुटा नगरमा स्थापित सहकारी संस्थाहरुले नै भनेको वेला निक्षेपकर्ताहरुको रकम फिर्ता नगरी वित्तिय अनुशासन उलंघन गरेकाले नगरपालिकाले ऋण असुलीका लागि कडा कदम चाल्न वाध्य भएको जनाएको छ ।
- dhankutapress