Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

कर्मचारी संचय कोषको ६३ औं बार्षिक उत्सवको अवसरमा धनकुटामा विविध कार्यक्रम

  •   २ वर्ष अघि | १ असोज २०८१, मङ्लबार

पञ्चमाया तामाङ

धनकुटा प्रेस अनलाइन खवर सम्वाददाता 

धनकुटा/‘सुरक्षित भबिश्यको लागि निवृत्तभरण तथा सञ्चय कोष’ भन्ने मुल नाराको साथ धनकुटामा कर्मचारी सञ्चय कोषको ६३ औं बार्षिक उत्सव–०८१ बिबिध कार्यक्रमको साथ मनाइएको छ । 

सोमबार धनकुटा नगरपालिकाको सभाहलमा आयोजना गरिएको ६३ औं वार्षिक उत्सव समारोहको प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलले पानसमा दिप प्रज्वलन गरेर समुद्वघाटन गरे । कार्यक्रममा कर्मचारी सञ्चय कोषको धनकुटा सेवा केन्द्रका प्रमुख दिपकमणी रिसालले कोषको विविध गतिविधि बारे जानकारी दिए । उनले कर्मचारी सञ्चय कोषमा ५ लाख, ७५ हजार भन्दा बढी सञ्चयकर्ता रहेको तथ्याङ्गक सार्वजानिक गरे । 

त्यसैगरी कर्मचारी सञ्चय कोष धनकुटा सेवा केन्द्रका सहायक प्रवन्धक समिर बराईलीले कर्मचारी सञ्चय कोष ऐन–२०१९ मा सबै भन्दा पहिले स्थापना भएको बताए । उनले नेपालमा सवै भन्दा पहिले विराटनगरमा कर्मचारी संचय कोषको शाखा कार्यालय ०४८ सालमा स्थापना भएको बताए । उनले धनकुटा सेवा केन्द्र भने ०४९ सालमा स्थापना भएको जानकारी दिए । सो अवसरमा देशभरको कर्मचारी सञ्चय कोषको शाखा कार्यालयहरुको बारेमा जानकारी गराउँदै कोषको ब्यवस्थापन पक्षको बारेमा पनि सहभागीहरुलाई स्पष्ट पारिएको थियो । 

साथै, सहायक प्रवन्धक बराईलीले कर्मचारी सञ्चय कोषले मुलुकभरमा ५ खर्ब, ७१ अर्ब बराबरको फण्डलाई उपयोग गरिरहेको बताए । उनले सञ्चयकर्ताहरुको लागि सामाजिक सुरक्षा सुविधाहरु, सापटी सुविधाहरु र योगदानमुलक निवृत्तभरण योजनाका बारेमा पनि जानकारी दिएका थिए । 

कार्यक्रममा २ नम्वर वाहिनी अड्डा हिलेका सहायक रथि दिल बिक्रम सुब्बा, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्टार राजकुमार दाहाल, धनकुटाका प्रमुख कोष नियन्त्रक लोकनाथ पोख्रेल, शिक्षा, समन्वय इकाई प्रमुख मोहन राई, भीमदल गण धनकुटाका प्रमुख सेनानी गणेश थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी श्यामसिं थारु, एपिएफ धनकुटाका डिएस्पी मनोजनाथ, राष्ट्रिय अनुशन्धान धनकुटाका डिएस्पी रुद्र गुर्वाछाने मगर लगायतका उपस्थिति रहेको थियो । 

कार्यक्रममा विभिन्न सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधिहरु, लेखा अधिकृतहरु, लेखापालहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कार्यालयका सहायक प्रबन्धक देबानन्द बैजनाथले गरेका थिए ।    


  • dhankutapress

थप