धनकुटा प्रेस सम्वाददाता
काठमाण्डौं/नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रिपरिषद्को सोमवारको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ तामाङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। चार वर्षीय कुलमान घिसिङको कार्यकाल आउँदो साउण २४ गते सकिँदै थियो।
मन्त्रिपरिषद्को सोमवारको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ तामाङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । चार वर्षीय कुलमान घिसिङको कार्यकाल आउँदो साउण २४ गते सकिँदै थियो । गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ को निर्णयअनुसार तीन दिनभित्र सफाइ पेस गर्न पत्राचार गरेको थियो।
- dhankutapress