Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा ७१ किलो गाँजासहित २ जना प्रहरीको फन्दामा

  •   ३ महिना अघि | १० साउन २०८३, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शुक्रबार राति साँगुरीगढी गाउँपालिका वडा नं. २, मान्दावा टोलबाट इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को. २ ह. १२५ नम्बरको अटो (टेम्पो) रोकी जाँच गर्दा प्लास्टिकका पाँच वटा बोरामा प्याक गरिएको ७१ किलो ३५ ग्राम गाँजा फेला परेको हो ।प्रहरीले गाँजासहित अटो चालक साँगुरीगढी गाउँपालिका वडा नं. २ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र सोही समयमा पछाडिबाट सुरक्षा दिँदै आएको प्र १–०४–००१ प ४७९१ नम्बरको पल्सर मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका वडा नं। ३, मादेनका ३२ वर्षीय मदन याखालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवत्ता प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरीले गाँजासहित प्रयोग भएको अटो, पल्सर मोटरसाइकल, शिखर लिम्बूको सिमसहितको रेड्मी कम्पनीको मोबाइल फोन तथा मदन याखाको किप्याड मोबाइल फोन समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ /

  • dhankutapress

थप