Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भेडेटारलाई पर्यटकिय आकर्षणको केन्द्र बनाउन प्रदेस सरकार तयार–मन्त्री मण्डल

धनकुटाको भेडेटारमा तिन दिने खाना महोत्सव शुरु

  •   १० महिना अघि | १६ पुस २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता

भेडेटार/अग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा तिन दिने खाना महोत्सव वुधवार देखि सुरु भएको छ ।

एक समारोहको वीच कोशी प्र्रदेश सरकारका पर्यटन, वन, वातवरण मन्त्रि सदानन्द मण्डलले तिन दिने खाना महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रि मण्डलले कोशी प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना अघि सारेको बताए । उनले भेडेटारमा पर्यटन पूर्वाधार प्रदेश सरकारले पहल गरीरहेको वताए । त्यसको साथै उनले साँगुरीगढी  गाउँपालिका कोशी पहाडको प्रदेसद्धार भउकाले भेडेटारमा सवै जातजातिको संस्कृति झल्कने प्रवेशद्धार बनाउनको लागि प्रदेश सरकारले यसै आर्थिक वर्षमा सहयोग गर्ने बताए । मन्त्रि मण्डलले भने–‘हामीसंग बेच्नको लागि प्रमुख कुरा पर्यटन छ, पर्यटनसंग संस्कृति र प्रकृति मिसिएको हुन्छ, प्रकृति र संस्कृतिको संन्धिग्ताले मात्र पर्यटनको दिगो विकास हुन्छ ।’ उनले भेडेटार भनेको आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि रेफ्रेस सेन्टर भएको बताए । ‘तराईमा गर्मि भयो, हुस्सुले सतायो भने हामी भेडेटार आएर फ्रेस हुने गरेका छौं’–मन्त्री मण्डलले थपे । कोशी प्रदेश सवै भन्दा ठूलो पर्यटनको बजार भनेको छिमेकी राष्ट्र भारतको विहार राज्य हो, भन्दै मन्त्री मण्डलले भने–‘विहारको पर्यटक ल्याउनको लागि प्रदेश सरकारले पर्यटन कोरिडोरको गुरु योजना निर्माण गरी कोशी पर्यटन बर्ष ०८२ लाई अघि सारेका छौं ।’ जो अहिले चलिरहेको छ । मन्त्रि मण्डलले खाना महोत्सवको अवसरमा साँगुरीगढी गाउँपालिका कृषि उपशाखाले आयोजना गरिएको कृषि मेलाको समेत समुद्धघाटन समेत गरेका थिए । कार्यक्रमका विशेष अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले भेडेटारमा आएका पर्यटकलाई धनकुटासम्म ल्याउनको लागी दुईपालिका विच पहल गर्नुपर्नेमा जोड दिए । उनले भेडेटार आफैमा पर्यटकका लागी प्रकृति उपहार दिएको ठाँउ भएकाले पनि अव भेडेटारसंगै पर्यटन प्रवद्र्धनको काम अन्य पालिकामा गर्नुमा जोड दिए । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले साँगुरीगढी गाउँपालिकालाई पर्यटन मैत्री गाउँपालिका बनाउन टुरिजम सर्किटको रुपमा विकास गर्ने उदेश्यले खुवालुङ्ग ध्वजे पदमार्ग यसै वर्ष उद्धघाटन गर्ने बताए । जसका लागि उनले त्रिवेणी देखि ध्वजे डाँडासम्म पदमार्ग निर्माणको काम प्रदेस सरकारको सहयोगमा यसै आर्थिक वर्षमा सम्पन्न भै सकेको जानकारी दिए । उनले चाँडै पदमार्गको उद्धघाटन हुने दावी गरे । अध्यक्ष रुम्दालीले भने–‘भेडेटारमा आउने हरेक पर्यटकलाई हामी हरेक वडाको रहेको होमस्टेमा पु¥याउने गरि प्याकेज कार्यक्रम गाउँपालिकाले अघि सारेको छ ।’ उनले गाउँगाउँमा वडा–वडामा होम स्टे खोलेर भेडेटारमा आउने पर्यटकलाई वडामा पु¥याउने गरि नयाँ पर्यटन प्रवद्र्धनको कार्यक्रम अघिल्लो वर्ष देखि लागु भएको र यस वर्ष पनि कार्यान्वयन भैरहेको स्पष्ट पारेका छन् ।खाना महोत्वस उद्घाटन समारोहमा लिम्वु जातिको ढोल नाच, राई जातिको साकेला, नेवारी संस्कृतिमा आधारित नृत्य, याम्फू जातिको केलाङ र मगर समुदायले हुर्रा नाच प्रदर्शन गरेका थिए । उनीहरुलाई महोत्सव आयोजक समितिको तर्फबाट सम्मान गरिएको छ । त्यसैगरी साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि समचार लेखेर सहयोग पु¥याउने धरानका पत्रकार गणतन्त्र एफएममा कार्यरत रोहित कुमार बस्नेत र धनकुटा स्थित् राससका सम्वाददाता नारयणकुमार आठपहरियालाई जनही नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । महोत्सवको मुख्य सहयोगी साँगुरीगढी गाउँपालिकाका, मुख्य प्रायोजक गोर्खा बुअरी, सह प्रायोजक नेपाल टुरिजम वोर्ड, भेडेटार आमा समूह, सहयोगीमा साँगुरीगढी गाउँपालिका, धनकुटाका अन्यपालिकाहरु, साँगुरीगढीका वडा कार्यालयहरु रहेका छन् । महोत्सवमा दुई दर्जन भन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्वुले बताए ।महोत्सवको लागि बजार क्षेत्रमा आर्कषक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने खाना महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसम्मका कार्यक्रम रहेको छ । महोत्सवमा आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई साँगुरीगढी गाउँपालिका भरिका ऐतिहाँसिक साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका स्थान घुमाउने योजना पनि छ । 

होटल एशोसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्वुको अध्यक्षतामा सम्पन्न महोत्सव उद्धघाटन सत्रमा कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्रि निरन राई, जिल्ला समन्वय समिति धनकुटा उप प्रमुख सावित्रा राई, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानवहादुर गुरुङ्ग, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक वर्ष भेडटारमा होटल एशोसिएशन भेडेटारले खाना महोत्सव खाना महोत्सव आयोजना गर्दै आएको छ । आज साँझ चर्चित राष्ट्रिय कलाकार मेलिना राईको प्रश्तुती रहने आयोजकले जनाएको छ । 


  • dhankutapress

थप