Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

अलैंचीको उत्पादन, गुणस्तर सुधार र बजारिकरण सम्वन्धी एक दिने अन्तरक्रिया सम्पन्न

  •   २ वर्ष अघि | ३ चैत्र २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/‘स्वाद अलैैंचीको, मिठास नेपालको’ भन्ने मूल नाराको साथ अलैचीको उत्पादन, गुणस्तर सुधार र बजारिकरण सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सोमवार धनकुटाको हिलेमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका पदाधिकारीहरु, राष्ट्रिय कृषि अनुशन्धान केन्द्र पाख्रीवास धनकुटाका अलैंची विज्ञ मनिष ठाकुर, कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगर, अलैंची विकास केन्द्र इलामका प्राविधिक दिल वहादुर श्रेष्ठ र धनकुटा जिल्लाका अलैंची किसानहरु विच वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले अलैंची खेतीलाई व्यवसायिक र आधुनिक खेती प्रणालीमा लान सके देश छिट्टै आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्ने बताए । समन्वय प्रमुख तामाङले भने–‘स्वदेश मै प्रविधि मैत्री आधुनिक र व्यवसायिक कृषि प्रणाीलमा आधारित अलैंची खेती गर्न सके यूवा शक्ति विदेश पलायन हुनुबाट रोक्न सकिने छ ।’ उनले त्यसो भयो भने मात्र देशलाई समृद्धि र विकासको गतिमा अघि वढाउन सकिने तामाङको भनाई थियो ।

नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रिय समितिका अध्यक्ष निर्मल भट्टराईले हरेक वर्ष प्रदेश नं.१ को ९ जिल्लामा अलैंची निकासी गरे बापत ८ अरब रुपयाँ वैदेशिक रुपयाँ भित्रिने गरेको बताए । उनले किसानले उत्पादन गरेको अलैंचीलाई महासंघ मार्फत भ्यालुएड गरेर विदेशी मुद्रा स्वदेशमा भित्र्याउने काम गरिहेको बताए । पछिल्लो समयमा अलैंचीको मूल्य वृद्धिले किसानलाई खुशी छाएको समेत उनले बताए । उनले अलैंचीको स्वदेशमै विभिन्न उत्पादनहरु खाद्य वस्तुहरु मसला, फेस फ्रेसनर, काडमम् टि आदि उत्पादन हुने थालेको पनि जानकारी गराए ।

सो अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरुले अलैचीमा विगत लमो समय देखी देखा परेको रोग, समश्या, खेती गर्ने क्रममा आई पर्ने विभिन्न प्रकारका रोगहरु, उपचारमा चुनौति, विरुवा मर्ने रोग आदिले गर्दा अलैंची उत्पादनमा आएको ह्रासका बारेमा उपस्थित् प्राविधिकलाई जिज्ञासा राखेका थिए । किसानहरुको जिज्ञासालाई राष्ट्रिय कृषि अनुशन्धान केन्द्र पाख्रीवास धनकुटाका अलैंची विज्ञ मनिष ठाकुर, कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगर, अलैंची विकास केन्द्र इलामका प्राविधिक दिल वहादुर श्रेष्ठले किसानका जिज्ञासाको प्रतिउत्तर दिएका थिए । किसानहरुको जिज्ञासा मेटाउँदै अलैंची विकास केन्द्र इलामका प्राविधिक दिल वहादुर श्रेष्ठले हावापानी र जमिनको उचाईको आधारमा अलैंची खेती गर्नु पर्नेमा जोड दिए । उनले नेपालको हावापानी अनुसार समुन्द्र सहतह देखी २२ सय मिटर उचाई भन्दा माथि रामसाई र भर्लाङ्ग जातको अलैंची हुने बताए ।त्यसैगरी १२ सय देखी १६ सय मिटर उचाईमा गोल्साई र ६ सय देखी १२ सय मिटर उचाईमा जिर्मले र डम्बर साई जातको अलैंची हुने भएकाले सोही अनुसारको खती गर्न सहभागी किसानलाई प्राविधिक सल्लाह दिए । श्रेष्ठले इलामको अलेंची विकास केन्द्रले हरेक वर्ष भाइरसमुक्त विरुवा उत्पादन गर्ने गरेको बताए । यो वर्ष ५० हजार विरुावा उत्पादन गर्ने तयारी भैरहेको र हाल विक्रिको लागि २० देखी २२ हजार विरुवा तयारी अवस्थामा रहेको पनि बताइएको छ । श्रेष्ठले इलामको रोङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा केन्द्रले अलैंचीको नर्सरी संचालन गरेको बताए ।

त्यसैगरी राष्ट्रिय कृषि अनुशन्धान केन्द्र पाख्रीवास धनकुटाका अलैंची विज्ञ मनिष ठाकुरले टिसिउ कल्चरबाट उत्पादन गरिएको अलैंचीको विरुवाबाट उत्पादन राम्रो दिने बताए । टिसिउ कल्चरबाट उत्पादन भएको विरुवा भाईरसमुक्त विरुवा भएकाले उत्पादन राम्रो दिने ठाकुरको भनाई थियो । नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रिय समितिका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, अलैंची किसानहरु प्रकास तामाङ, अमृत वहादुर राना, लोकवहादुर कार्की, भिष्म गुरुङ्ग लगायतले अलैंचीमा देखिएका छिर्के, फिर्के, गानो कुहिने, दाना नलाग्ने, अलेंचीको रुख मर्ने लगायत दजैनौं समश्याका बारेमा जानकारी गराउँदै प्राविधिक उपचार विधिका वारेमा सहजीकरण गर्न अनुरोध गरेका थिए ।सो अवसरमा कार्यक्रमको संचालन महासंघका महासचिव नारायण चिमरियाले गरेका थिए भने सहभागीहरुलाई स्वागत मन्तव्य महासंघका केन्द्रिय सदस्य इन्द्र तितुङ तामाङले राखेका थिए । अन्तरक्रिया कार्यक्रममा दिर्घकालिन रुपमा किसानहरुले व्यवसायीक रुपमा अलैंची खेती गरेर कसरी वढी भन्दा वढी फलाउने भन्ने विषयमा सरोकारवालाहरु विच गम्भिर छलफल भएको थियो ।  उनले प्राविधिक सल्लाह र परामर्शको लागि कृषि अनुशन्धान केन्द पाख्रीवासमा आउन पनि सहभागी किसानलाई अनुरोध गरे ।                                  

  • dhankutapress

थप