Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

रुदाक्ष व्यवसायी संघ धनकुटाको अध्यक्षमा नरेश पाख्रीन सर्वसम्मत चयन

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/रुद्राक्षव्यवसायी संघ धनकुटाको सनिवार सम्पन्न तेश्रो जिल्ला अधिवेशनले यूवा व्यवसायी नरेश पाख्रीनलाई सर्वसम्मत रुपमा संघको धनकुटा जिल्ला अध्यक्षमा चयन भएका छन् । 

संघका केन्द्रिय अध्यक्ष मनोज चापागाँईको प्रमुख आतिथ्यमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनको वन्द सत्रले सर्वसम्मत रुपमा नरेश पाख्रीन जिल्ला अध्यक्षमा चयन भएका हुन् । त्यसैगरी जिल्ला उपाध्यक्षहरुमा चक्रा राई, निशान मगर, सनम नेवाःखड्गीलाई चयन गरिएको छ । त्यसैगरी महासचिवमा राजेन्द्र राई, उप-महासचिवमा रुद्र कार्की र सचिवमा अर्जुन राईलाई चयन गरिएको छ । त्यसैगरी संघको जिल्ला कोषाध्यक्षमा विक्रम लिम्वूलाई चयन गरिएको छ । संघको १७ सदस्यीय जिल्ला कार्य समितिको सदस्यहरुमा टंक यस्माली मगर, देवेन्द्र गुरुङ्ग, राजन राई, जितवहादुर राई, सुमन राई, पवित्रा लुम्वा लिम्वू, नरवहादुर मगरलाई चयन गरिएको छ । वाँकी २ जना जिल्ला सदस्यहरु भने भूगोल हेरेर पछि मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष नरेश पाख्रीनले जानकारी दिएका छन् ।नवनिर्वाचित अध्यक्ष नरेश पाख्रीनको अध्यक्षतामा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा वोल्दै केन्द्रिय अध्यक्ष एवं उद्धघाटन सत्रका प्रमुख अतिथि मनोजकुमार चापागाँईले रुद्राक्षको बजारिकरण र व्यवसायीकरण संघको मुख्य उदेश्य भएको बताएका छन् । उनले नेपालको ७ प्रदेश मध्ये कोशी प्रदेशको संखुवासभा, भोजपुर र धनकुटा जिल्लामा रुद्राक्ष अत्याधिक मुक्दार फल्ने बताए । धेरै राम्रो मुक्दार रुद्राक्ष दाना फल्ने जिल्ला भनेर नेपालमा मात्र नभएर विश्वमा मै चिनिएको जिल्ला संखुवासभा, भोजपुर र धनकुटा रहेको अध्यक्ष चापागाँईले दावी गरे । उनले रुद्राक्ष दाना उत्पादन गर्ने किसानहरुले आफ्नो दर्ता श्रेस्ता कायमगरी उत्पादन गरेकाले दाना व्यवसायमा कर नगलाग्ने बताए । उनले त्यसको अतिरिक्त नेपाल सरकारले कृषि उपज स्वसरह कर नलाग्ने गरी नेपाल सरकारले २०७२ सालमै सम्वोधन गरी सकेकाले ढुक्कले रुद्राक्ष व्यवसायीहरुलाई व्यवसाय गर्न आग्रह गरे । 

सो अवसरमा रुद्राक्ष व्यवसायी संघ कोशी प्रदेसका अध्यक्ष राजकुमार घिमिरे, प्रदेस सहसचिव सुरेश श्रेष्ठ, सल्लाहकार अर्जुन निरौला लगायतले सम्वोधन गरेका थिए । जिल्ला भेलामा धनकुटाका विभिन्न पालिकाका करिव डेडदर्जन रुद्राक्ष व्यवसायी यूवाहरुको उपस्थिति रहेको थियो । 

  • dhankutapress

थप