धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/प्रभु बैंकको ३ सय १० औं शाखा धनकुटामा आईतवार उद्धघाटन गरिएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक समारोहको विच प्रभु बैंकको समुद्धघाटन गरेका हुन् । नगर प्रमुख तामाङले धनकुटा–७ चुवाको वोट अघि प्रभु वैंकको रिवन काटेर उद्धघाटन गरेका हुन् ।
प्रभु वैंकका प्रदेश कार्यालयका प्रमुख वद्री कट्वालका अनुसार आईतवार एकै समयमा वैंकको ३ सय ९ औं शाखा तेह्रथुमको म्याङ्गलुङ बजारमा र ३ सय १० औं शाखा धनकुटा वजारमा स्थापना गरिएको जानकारी दिए । उनले कोशी प्रदेशमा मात्र ३८ वटा शाखाहरु रहेको बताए । उद्धघाटन कार्यक्रममा वोल्दै प्रभू बैंकको कोशी प्रदेश प्रमुख कट्वालले वैंकको धनकुटा शाखामा प्रबन्धक विनता तिवारी सहित ६ जना कर्मचारीहरु रहने पनि स्पष्ट पारे ।
वैंकको उद्धघाटन सत्रमा स्थानिय व्यापारी,वुद्धिजिवि, समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
- Dhankutapress