धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/दशै लगायत चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासन धनकुटाले बजार अनुगमनलाई तिब्र पारेको छ । हरेक वर्ष चाडपर्वको मुखमा मात्र गरिने बजार अनुगमन कर्मकाण्डी मात्र भएको हो कि भन्ने आंकलन गर्न सकिन्छ ।
जिल्ला प्रशासन कार्यालाय धनकुटाको अगुवाईमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिनज कार्यालय धनकुटा, घरेलु तथा साना उद्योग कार्यालाय धनकुटा र राष्ट्रिय उपभोक्त संघ धनकुटाले संयुक्त रुपमा आकस्मिक अनुगमनलाई तीब्रता दिएका हुन् ।
मंगलबार अनुगमन टोलीले धनकुटाको हिले बजारका खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुल्ला पसलमा अनुगमन गरेको छ । अघिल्लो बर्ष अखाद्यबस्तु अत्याधिक पाइने गरेकोमा यो बर्ष सो क्रम धेरै घटेको पाइयो । टोलिले दैनिक जस्तो धनकुटा हिले सहित पाख्रिवास सिधुवा लगायतको बजारमा अनुगमन गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायमाझिले जानकारी दिए ।
अघिल्लो बर्ष अनुगमन गर्दा अखाद्यबस्तुको चाँङलाग्ने गरेकोमा यो बर्ष भने नगन्य रुपमा पाइएको घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका सुचना अधिकारी बिकास कार्कीले जानकारी दिए । पछिल्लो समय यस बारेमा आफुहरु सचेत भएकाले खाद्य अखाद्य बस्तु छुट्याएर बिक्रि गर्ने गरेको स्वयम ब्यापारीको भनाई छ ।
- dhankutapress