Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नबज्योति वचत तथा ऋण सहकारी हिलेकोे १६ औं बार्षिक साधरणसभा सम्पन्न

  •   १० महिना अघि | २६ पुस २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

हिले/नवज्योति वचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–१ हिलेको १६ औं वार्षिक साधरणसभा सनिबार सम्पन्न भएको छ ।   

नवज्योति वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धिरेन थिङ तामाङले संस्थाको आ.व.०८१/०८२ को आय–व्याय प्रश्तुत् गरे । उनले आ.व.०८१/०८२ मा पुजि निर्माण तर्फ १५ करोड, ३६ लाख, ८० हजार, ६ सय ४७ र आम्दामी तर्फ २३ लाख, ७६ हजार, ७ सय ५१ रुपयाँ वरावरको कार्ययोजनाको तालिका प्रश्तुत् गरे । त्यसैगरी चालु आर्थिक वर्ष ०८२/०८३ को लागि १७ करोड, ४९ लाख ९४ हजार, ९ सय ८८ रुपयाँ र आम्दामी तर्फ आ.व.०८१/०८२ मा २३ लाख, ७६ हजार, ७ सय, १५ रुपयाँ  र चालु आर्थिक वर्षको लागि २६ लाख, ८६ हजार, ९७ रुपयाँ वरावरको प्रस्तावित कार्य योजना समेत पेश गरेका छन् । त्यसैगरी आ.व.०८१/०८२ मा खर्च तर्फ २१ लाख, २० हजार, ९६ रुपयाँ र चालु वर्षको लागि प्रस्तावित खर्च २१ लाख, २५ हजार, ४ सय, ५५ रुपयाँ वरावरको पेश गरेका छन् । त्यसैगरी संस्थाका लेखा समिति संयोजक कृष्ण कुमार घिमिरेले आ.व.०८२/०८३ को कार्य प्रगती, वार्षिक कार्य योजना लेखा समितिको तर्फबाट प्रश्तुत् गरेका थिए ।सो अवसरमा संस्थामा आवद्ध भएर हालसम्मका असल बचत कर्ता, शेयर खरिद गर्ने, असल ऋणी र सवै भन्दा वढी निक्षेप जम्मा गर्ने निक्षेपकर्तालाई दोसल्ला, प्रमाणपत्रले विशेष सम्मान गरिएको छ । सम्मानति हुनेहरुमा जेष्ठ सदस्य सीतामाया कार्की, दिलकुमारी श्रेष्ठ, मन्दिरा कार्की, दिलवहादुर राई, सविता राई रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहकारी अभियान्ता एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले सम्मान पत्र, दोसल्ला, उपहार साथै खदा ओडाएर सम्मान गरे । १६ औं वार्षिक साधारण सभाको उद्धघाटन सत्रमा प्रमुख अतिथि निरेन तामाङ, धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खेम घिमिरे, हिले वजार व्यवस्थापन समितिका अध्यक्ष एवं उद्योग बाणिज्य संघ धनकुटाका पुर्व अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ, नवज्योती वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सीताराम श्रेष्ठ, शेयर सदस्यहरुको तर्फबाट ऋषिराम ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

  • dhankutapress

थप