धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा । धनकुटामा पनि विहिवार भव्य रूपमा छठ पर्व मनाइयो । सूर्यको आराधना गरेर मनाइने छठ पर्व पहाडी जिल्ला धनकुटामा पनि मनाइएको हो।
छठ पर्व अन्तर्गत बर्तालुहरूले विहिवार अस्ताउँदो सूर्यलाई अर्ग दिएका छन्। धनकुटा सदरमुकाममा रहेका विभिन्न कुवाहरूमा बर्तालुहरूको भिड लागेको छ। तराईका जिल्लाहरूमा मात्र मनाइने छठपर्व पछिल्लो समय पहाडी जिल्लाहरूमा समेत भव्य रुपमा मनाउन थालिएको हो ।
धनकुटामा भने विगत १५/२० वर्ष देखी छठ पर्व मनाउने गरिएको धनकुटा–७ वसपार्कमा चटपटे व्यवासाय गर्ने लाला शाहाले बताए । उनले विशेष गरेर व्यापार व्यावसाय गर्न तराईका विभिन्न जिल्लाबाट धनकुटा आएका व्यापारीहरुले छठ पर्व मनाउन शुरु गरेको वताए । हिजोआज भने सवै पहाडी मुलका समुदायले पनि छठ पर्व मनाउने थालेकोमा आफूलाई खुशी लागेको बताए ।
- dhankutapress